केरलामा अलपत्र महिलालाई मूल प्रवाहद्वारा उद्धार

कोचिन, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिद्वारा रोल्पा गंगादेवी गाउँपालीका जिवाङ्ग निवासी सरिता घर्ती मगरलाई अलपत्र परेको अवस्थामा उद्वार गरिएको छ ।

अलपत्र परेकी सरिता घर्ती मगरलाई रुकुम निवासी बर्ष ३५ का भुपलाल विक नाम गरेका ब्यक्तिले निज २०७७ फाल्गुन महिनामा राम्रो नोकरी लगाइ दिन्छु भनि ललाइफकाइ गरि भारतको हिमाञ्चलदेखि दक्षिण भारतको केरल पुराएका थिए । केराइ राज्यको कोइकोड जिल्लामा पुराएको खबर कोचिन नगर समितिका बालाराम रानालाई निज महिलाका घर परिवारले फेसबुक मार्फत गराएका थिए ।

सरिता र भुपलाल विकलाई मूल प्रवाहका कार्यकर्ताहरुले केरलाका विभिन्न स्थानमा सम्पर्क गरि खोजी कार्य शुरु गरेको थियो । खोजी गर्ने दौरानमा महिलाले काम गर्ने स्थान फेलापारिएको थियो । उनले काम गर्ने घरको मालिक र मेनेजरसँग कोचिन नगर समितिका बाबुराम केसीले भेट गरि सनिज ब्यक्ति भुपलाल विक केही महिनादेखि निज महिलासँग सम्पर्क बिहिन भएको थियोे ।

निज महिलाको घरका आफन्तसँग जनजाति क्षेत्रीय विभागका सदस्य बालाराम रानाको फेसबुक साथीरहेकाले आफ्नो मान्छे हराएको र उनलाई उद्वार गर्नको लागि बालारामलाई अनुरोध गरेका थिए । बालाराम रानाले कोचिनका नगर समितिलाई अवगत गराएपछि हाम्रो छ्लफल र योजना पछि निज महिलाको सम्पर्क नम्बर मागि निज महिलाले काम गर्ने घरको मालिक र मेनेजरसँग कोचिन मूल प्रवाहको न्याय विभाग प्रमुख बाबुराम केसीले निज महिलाको बिस्तृत विवरण र जानकारी प्राप्त गरेपछि, निज महिलालाई घरसम्म सकुशल पुराउन क्षेत्रीय समिति जनजाति विभागका सदस्य बालाराम रानालाई जिम्मा लगाइ नगर समितिका सचिव जनक विसी, उपाध्यक्ष बाबुराम केसी, कोषाध्यक्ष गणेश पौडेल, महिला विभाग क्षेत्रीय सदस्य जानका विसीको उपस्थितिमा ८ अगस्त २०२१ को दिन घर पठाउने काम भएको छ, तथा निज महिलाका छोरीलाई जिम्मा लगाइएको कुरो बालाराम राना जिले हामीहरुलाई अवगत गराउनु भएको छ ।

निज महिलालाई उद्वार गर्न सहयोग गर्नु हुने बालाराना राना, बाबुराम केसी, जनक विसी, गणेश पौडेल, जानका विसी, रिखेन्द्र विसी लगायतका नेता कार्यकर्ताहरुको सक्रियता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार