के के सोधच्छे यो फुचुंग्री (भाग–६)

  •   
  •  
  •  
  •  
  •  
  •  

802 जनाले पढ्नु भयो ।

फुचुंग्री :– काका ! माक्र्सवाद लेनिनवाद माओविचारधारा भनेको के हो र ?

काका :– नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (मसाल) को राजनैतिक पथप्रदर्शक लाइन हो ।

फुचुङग्री :– राजमो भनेको नि काका ?

काका :– यो बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा जनताको आवाज सदनसम्म लैजान क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (मसाल) को बैधानिक चुनावी मोर्चा हो राजमो ।

फुचुंग्री :– मसाललाई लेनिनवादी फलामे अनुशासन भएको कम्युनिस्ट पार्टी पनि भन्छन् नि हैं काका ?

काका :– हो नानी यो पार्टीमा नातावाद कृपावाद परिवारवाद चल्दैन । पार्टी चलाउने लेनिनवादी संगठनात्मक प्रणाली छ । त्यो प्रणालीमा अटाउन नसक्ने टिक्न नसक्ने जो कोही पनि अनुशासनको कारबाहीको दायरामा पर्छन ।

फुचुग्री :– आठौँ महाधिवेशन र नेतृत्वको विरोध गर्ने कथित जागरण वाला पनि त्यही कारवाहीको दायरामा परेका हुन र ?

काका :– आफै अल्पमत भन्दैछन् आफै नेतृत्वको दावा गर्दैछन् । पार्टी त बहुमतको आधारमा चल्ने लेनिनवादी संगठनात्मक संरचना भएको पार्टी हो नि ।

फुचुंग्री : – समानान्तर कमिटी गठन, आलोचना विरोध, गरेर के प्रमाणित गर्न खोज्दैछन् यि जागरण वालाले ?

काका :– पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टी निष्काशन गरेकाले अब तिनीहरू के गर्छन पार्टी जवाफदेही हुँदैन ।

फुचुंग्री :– अब त गर्ने भए, पार्टी निष्कासनमा परेकालाई रातिमा निद लाग्दैन दिनमा भोग लाग्दैन, पार्टीमै हुँदा पनि आफ्नै घरको पालीमा बारुलो पोल्ने यिनै होइनन् र ?

काका : – उफ् ! के के सोध्छे यो फुचुंग्री पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *