के के सोध्छे यो फुचुँग्री पनि (भाग २)

फुचुँग्री :– काका ! हाम्रो नेपाल कहिले कसैको गुलाम नबनेको देश होइन र ?

काका :– हो नानी, विश्वमा कहिल्यै कसैको गुलाम नबनेको देश नेपाल हो ।

फुचुँग्री :– पानीको पनि धनि देश होइन र ?

काका :– हो हाम्रो देश नेपाल विश्वकै दोस्रो पानीले धनी देश हो ।

फुचुँग्री :– त्यसो भए हामी किन विश्व कै गरिब र परनिर्भर देशका जनताको सूचिमा परेका नि ?

काका :– बर्षौंदेखि शोषक सामन्ती शासकहरुले लुटदै आएका छन् । आज पनि मुलुकको सत्ताको बागडोर तिनैको हातमा छ । लुटघुस शोषण भ्रस्टाचारले मुलकलाई हरिकंगाल बनायो नानी ।

फुचुँग्री :– काका यस्तो कहिलेसम्म ?

काका :– विकल्प भनेको सचेत संगठित क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने नौलो जनवादी क्रान्ति मात्र हो ।

फुचुँग्री :– हामी क्रान्तिकारी हौ भन्नेहरू त मसालको बिरोध गरेर जागरण गर्दै हिडेका छन् त ?

काका :– भुक्ने कुकुरले टोक्दैन नानी । हात्ती लम्किरहन्छ कुकुर भुक्दै गर्छ। फरक पर्दैन ।

फुचुँग्री :– मसालको बिरोध गरेर कस्तो क्रान्तिकारी बन्ने होलान ति मूलाहरु ?

काका :– उफ १ के के सोध्छे यो फुचुँग्री पनि ।

कोटफुर्से

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार