के हामी फेरी त्यहीं फर्किदै छौं ?

0Shares

96 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

त्यो बेला प्रवाशी नेपालीहरुमा गलत बानी ब्यहोरा छताछुल्लै थियो । देशभित्रको निरंकुश पञ्चायती तानाशाही ब्यबस्था र सामन्ति संस्कारमा हुर्किएका नेपाली श्रमजिवीहरुमा पनि त्यसैको प्रभाव प्रष्ट देखा पथ्र्यो ।

भारतमा सुरुसुरुमा त्यहि ब्यबस्थामा रम्न खोज्नेहरुले कयौँ प्रकारका क्षेत्रीय र धार्मिक समाज संगठन बनाएर त्यहि ब्यबस्थालाई जानी नजानी सहयोग पुराएका थिए । भारतमा आएर मजदुरी गर्ने सोजा साजा नेपालीहरुलाई कुनै न कुनै रुपबाट त्यो बेला पुल बनाउँने, धर्मशाला बनाउँने, मन्दिर बनाउँने आदि इत्यादी बहानामा मजदुरलाई लुटेर आ–आफ्ना स्वार्थ पुरा गर्दै आएका थिए । मौकाप्रस्त तत्वहरुले त्यो बेलाको अबस्थानुसार ब्यबहार अपनाएर भारतस्थित नेपालीहरुलाई दोहन गर्दै आए । वास्तबमा अखिल भारत नेपाली एकता समाजको ७ नोवेम्बर १९७९ मा उदय भयो । यो संगठनलाई फल्न र फुल्न नदिने बिभिन्न खाले ब्यक्तिगत स्वार्थमा तल्लिन गुटहरुले ठाउँ–ठाउँमा एकता समाजका कार्यकर्ता नेताहरुमाथि आकर्मण गर्ने गरे, साथै हुन लागेका कार्यक्रम सम्मेलनहरुलाई बिथोल्ने जस्ता घृणित काम गर्न थाले । आफ्ना लठेतहरु प्रयोग गरेर एकता समाजका नेता कार्यकर्ताहरुको मनोबल गिराउन ठुलो प्रयात्न गरे । संगठनको नियम पद्धति कार्यप्रणाली ठिक भएपछि बिस्तारै जनताको संगठनले सहयोग पायो । उनै आकर्मण गर्न आएका श्रमजिवीहरुले संगठनको कुरा बुझेपछि स्वयं पनि एकता समाजको झण्डा मुनि संगठित भएर आफुलाई शुरक्षित महेशुष गर्न थाले । जसैजसै भारतमा एकता समाजको बिकास हुँदैगयो ति झरी च्याउ जस्तै उम्रिएका संगठनहरु लोप हुँदै गए । यसले के बुझायो भने संगठनको नियम बिधान र ब्यबहार ठिक छ भने त्यो संगठनलाई कसैले हराउन सक्दैन । उनीहरुले धाग लगाउँथे दन्ते कथा र शास्त्र सुनाउँथे तर एकता समाजले काम गरेर देखाउँथ्यो । उनीहरुले एकता समाजलाई तहसनहस पार्न भाडाका लठेत प्रयोग गर्थे । एकता समाजले उनै लठेतहरुलाई स्वयंसेवकको रुपमा जनमायो । परिणाम गलत कृयाकलापमा लागेका ब्यक्तिगत स्वार्थमा जनतालाई लुट्न गोज्नेहरु पतन हुँदै गए । अखिल भारत नेपाली एकता समाजको दिन दुई गुना रात चौगुना बिकास भएर गयो । आम शोसित पिडित जनतानै एकता समाजका खम्बा बन्दै गए ।

स्थानिय जनता समेतले पनि एकता समाजको काम देखेर साथ सहयोग दिन थाले । यो एउटा बलियो सामाजिक संगठनमा प्रणित र परिचित भयो । यस्तो सामाजिक संगठन जसले देश बिदेशमा हुने राष्ट्रियता जनतन्त्र र जनजिविकाको बारे उठेका तमाम आन्दोलनहरुसँग ऐक्यावद्धता र समर्थनको नीति अपनाउँदै गयो । खास गरेर भारतस्थित नेपालीहरु जो सुगौली सन्धि र मैत्रि सन्धिबाट आएकाहरु समेतलाई संगठित गरेर उनीहरुको प्रवासी र अप्रवासीहरुको मुद्धामा त्यहि प्रकारले संघर्ष गर्दै आयो।दुई पर्कारका नेपाली हरु भयपनि मुलतः समस्या एकैनासे थियो र त्यहि प्रकारले संगठनलाई परिचलान गर्यो । जनताका पिर मर्कामा स्वतःफुर्त रुपमा समाजका कार्यकर्ता दिन रात खटिए । निस्वार्थ जनताको सेवा गर्दै जाँदा संगठन जनताको आँखाको नानि बन्न सफल भयो । संगठनसँग समाज बिरोधी तत्वहरु डराउँथे यहाँसम्म कि पहिले गोर्खे, बहादुर भनेर हिंसा गर्ने, ह्याप्ने प्रशासन स्थानीय धनिहरु पनि अब नेपालीलाई नामले र ईज्जतले बोलाउन थाले । यो संगठनको देन हो । समाजले भारतका बिभिन्न शहरमा असामाजिक तत्वहरुले गरेका तमाम कुक्रमहरुलाई खोतल्दै बधुवा मजदुरहरुलाई छुडाउँदै त्यसको बिरोधमा सिमाना वा स्थानिय प्रशासनलाई झकझकाउँदै मिडियामा प्रचार र उनका भण्डाफर्डो गर्दै गर्दा भारतस्थित नेपालीहरुको दिनहँु घट्ने घटनाहरुमा सिमित रुपमा सुधार पनि भयो । ठुलठुला घटनाहरुको उजागार पनि भयो र पिडित पक्षका हितमा फैसला हुँदै गएको सफलताले संगठनलाई देश बिदेशमा आफ्नो पहिचान बनाउन सफलता पनि मिल्यो । यो संगठनको सबल पक्ष हो ।

तर बेला बखतमा संगठनको भित्रै रहेर विभिन्न खाले अवसरवादी तत्वहरुबाट संगठन माथि आक्रमणले संगठनमा ठुलो नोक्सान पनि हुने गरेको छ । समय समयमा नेतृत्व तहमा पुगेर ब्यक्तिगत स्वार्थ पुरा गर्न खोज्ने अवसरबादीहरुद्वारा इमान्दार कार्यकर्ताको मनोबलमा समस्या हुने गरेको छ । जसको खाए जसबाट शिक्षा हासिल गरे, त्यसैको छत्र र छाँयामा बसेर संगठनका जरा काट्नेहरुले संगठनलाई ठुलो नोक्सान पुराउँदै आएका पनि छन् । संगठनलाई आफ्नो स्वार्थमा टुक्राटुक्रा पार्ने खोज्ने षडयन्त्रकारीहरुले जनतामा र कार्यकर्तामा पनि ब्यापक भ्रम श्रृजित गरेका छन् । उपरोक्त कयौँ समय–समयमा भएका समस्याहरुले संगठनलाई कमजोर बनाउने कोशिस गरिएता पनि संगठनले अहिले पनि मुलरुपमा जनताको समस्याहरुलाई समेटने प्रयत्न गर्दै आएको छ ।

अहिले कोरोनाको मारमा परेका आम शोशित पिडित नेपालीहरुको हितमा यो प्रतिकुल अबस्थामा पनि भारत ब्यापि रुपमा समाजले गरेको कार्य सहरायिन छ तर आज संगठनमा नयाँ जोशिला युवाहरुको कमि भएको सच्चाईलाई पनि नकार्न हुँदैन । भारतमा आज नेपालीहरु संगठन तिर भन्दा बिपरित दिशामा ढल्किदै गएको ब्यबहारले आउँने दिनहरुमा जुन दलदलबाट संगठनले निकाल्दै आएको थियो र चार दशक लगाएर जुन मान सम्मान हासिल गर्न सफल भएको थियो । अहिले नयाँ जनरेशनको ब्यबहारले उनीहरु त्यही दलदलमा जाँदैछन् जस्तो लाग्छ । नेपाली एकतालाई यहाँसम्म ल्याउन हजारौँ हजरा नेपाली श्रमजिविहरुको निस्वार्थ रगत र पसिना लागेको छ । उनीहरु यो संगठनमा नभए पनि उनीहरुले संगठनलाई दिएको योगदान भुल्नै नसक्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *