कोटफुर्सेको मर्म स्पर्सि चिठी

102 जनाले पढ्नु भयो ।

पुजनिय आमा,
साष्टाङ्ग दण्डवत !

प्यारा भाई बहिनी नानीहरूलाई असिम सम्झना ।

यो ईन्टरनेट फेशबुक मोबाइलको आधुनिक फोरजीको जमानामा यो चिठीजीको त्यति महत्व हुँदैन फेरिपनि चिठी लेख्न भुले कि भनेर कोसिस गर्दैछु । मलाई थाहा छ, यो चिठी पढेर तपाईहरूको मनमा पनि गाउँघरको याद झस्किन्छ ।

पहिले गाउँमा मैले चिठी लेखिदिन्थे । बुढालाई के लेख्ने सोध्नै पर्दैनथ्यो मैले मिलाएर लेखिदिएको चिठी पढेर प्रदेशमा काममा लादिएको बुढाको आँखामा आशुँ रसाउँथ्यो । एउटाले त घरमा गएर मेरो यति तारिफ गरे की वाह ! कोटफुर्सेको चिठी लेखाई मान्नै पर्छ ।

“कम्मर कसिकसि काम गरेको छु, यताको चिन्ता सुर्ता नलिनु होला, घर आउँदा मलाई चमेलीको तेल र हाते घडि ल्याईदिनु होला” यो शब्द लेखाईले मार्केट पायो । मलाई सरम जस्तो पनि लाग्यो । मलाई खिजाएको जस्तो पनि लाग्यो । यद्यपि मैले चिठी लेखिदिंदा कसैलाई कापी छैन, कलम छैन, फुर्सत छैन भनिन । चिठी लेखिदिंदा पढिदिदा एक बोतल रक्सी भाले खोज्नेहरूलाई पो थोरै लाज सरम लागेको जस्तो पनि माने । आखिर मै प्रदेशी भए । मलाई चिठि लेखाउँदा आमाले एक बोतल रक्सी दिएको कुरा थाहा पाए ।

कहिले कलम छैन, कहिले कापी छैन, कहिले फुर्सत छैन भनेर चिठी नलेखिदिनेहरूलाई पनि चिने। आमा ! चिन्ता नगर्नुस । आमा, जुठे बिष्ट मरेको दुखद खबरले स्तब्ध बनायो । रिखेले बबाल गरेको खबर पनि पाएँ । रनिनी कान्छी भाउजु पनि वित्नु भएछ दुःख लाग्यो । कता कता ६० बर्षदेखिको बेचेको हो कि मिचेको त्यो कालापानी रातापानी लिपुलेक नांगेलेक लिम्पियाधुरा नेपालको नक्शामा चुच्चो पलाएछ, साच्चीकै बुद्धि पलाएर चुच्चो पलाएको हो भने ता ति नेपाल आमाका सन्तानहरूलाई तपाईको चिठ्ठी मार्फत नमन सलुट छ, आमा !

बाचिपुरका दुई जना जिउँदापुरका सात जनालाई कोरोना संक्रमित भएको र व्यवस्थापनमा लापरवाहीको खबरले निकै दुःखी छु । व्यवस्थापन मै खटेकाबाट क्वारेन्टाईम मै बसेकी चेलीको सामुहिक बलत्कारको घटनाले लज्जीत बनाएको छ । आमा ति नालायक जंगली राक्षसहरूलाई कडा दण्ड दिनुस ।

कोरोना भाईरससँग लडन बैज्ञानिक उपाय हुनुपर्ने हो तर हामी र हाम्रो देश अठारौं शताब्दी कै जंगली अवस्थामा छ । त्यसैले ता कोरोनाको दुबै बेसार र तातोपानी भन्दैछ सरकार । खरिदी उपकरण दवाईमा घपला गरेसी के गरून विचारा । बेसार र तातोपानी भन्दा अर्को उपाय पनि त छैन नेपालमा । तातोपानी र बेसारले गर्न नसके पछि त्यो बिमारी हेर्ने जिम्मा धामीझाक्री देवीदेउराली कुलकुलानीको पासमा जान्छ त्यसपछि देवताका पनि देवता महादेव पशुपतिनाथले हेर्छन् ।

तिनैलाई स्मरण गर्दै कोरोना संक्रमित सम्पुर्णको शिघ्र स्वास्थ्यलाभको कामना गैसकेकालाई श्रदाञ्जली भन्दै कलम बन्द गर्दछु । आमा म ओलीको चुच्चे रेलमा सरररर छुकुछुकु छुकुछुकु भिंगृकोट खायढुंगा रेल्वे स्टेशनसम्म आउने छु । बाकी ग्यास पाईप पानी जहाजको गफ घरमा पुगेर आफ्नै आगनमा गरमला ।

“लैजा चरी हावा सरी पत्रको जवाफ तुरून्तै आउने गरि ।”
“पत्र पुर्याई दिने हुलाकी दाईलाई धन्यवाद ।”

उहि प्रदेशी छोरो
३ कोटफुर्से ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *