कोट्टयाममा टोल समिति गठन
7877 जनाले पढ्नु भयो ।
धर्मराज शर्मा
कोट्टयाम केरला, २१ फेबु्रवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका सदस्य कृष्ण प्रसाद शर्माको विशेष पहल र धनकुमारी केसी, एकराज पौडेल क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष धर्माराज शर्माको पहलमा चेंगन्नुरस्थित कार्यरत नेपाली महिला दिदी बैनिहरु बिच भेला सम्पन्न भएको छ ।
पुष्पा देबि शर्माको सञ्चालनबाट अगाडि बढको भेलामा देबि रिजाल अधिकारीले अध्यक्षता गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष धर्मराज शर्मा, सदस्य कृष्ण प्रसाद शर्मा, एकराज पौडेल महिला बिभागकी धन कुमारी केसीको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण पश्चात् उपस्थित जनसमुदायलाई लक्ष्मी रिमालले स्वागत गर्नुभएको थियो ।
उक्त भेलाले पा“च सदस्यीय विभागीय समिति चयन गरेको छ जस्माः अध्यक्ष– देबि रिजाल अधिकारी, सचिव– पुष्पा देबि शर्मा, कोषाध्यक्ष– नर्बदा घिमिरे, सदस्यहरुमा सिन्धु शर्मा र लक्ष्मी रिमाल रहनुभएको छ । नयाँ समितिलाई कृष्ण प्रसाद शर्मा, एकराज पौडेल, धन कुमारी केसी र धर्मराज शर्माले शुःभकामना दिनुभएको थियो ।