कोभिडलाई कम आँकेको प्रधानमन्त्रीको स्वीकारोक्ति

  •   
  •  
  •  
  •  
  •  
  •  

135 जनाले पढ्नु भयो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण ‘यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको’ बताएका छन्।

एक सामूहिक छलफलका क्रममा उनले नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने नसोचेको बताएका छन्।

विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडि‌ओ क्लिपमा उनले भनेका छन्, ”यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो” ।

”सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले)पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ। यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन। त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ। यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन।”

कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए ।

उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा ओलीको आलोचना र उपहास हुँदै आएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन्।

नेपालमा साढे ४ लाखका हाराहारीमा मानिसहरू कोभिडबाट सङ्क्रमित भएका छन्।

विविसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *