कोयम्बटोरमा एरिया भेला सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

254 जनाले पढ्नु भयो ।

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समिति अन्तर्गत टाउन हल एरिया समितिहरुको १३औं सम्मेलन पछिको तेश्रो भेला सम्पन्न भएको छ । भेला एनटीसी कलोनी कोयम्बतुरमा केन्द्रीय परिषद सदस्य रविशंकर शर्माको बिशेस उपस्थितिमा सम्पन्न भएको थियो ।

रामबहादुर सेनको सञ्चालन र लक्ष्मीप्रसाद शर्माको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सभाागिहरुलाई चन्द्र प्रसाद पौडेलले स्वागत गर्नुभएको थियो । भेलाको उद्घाटन र नयाँ समितिको घोषणा प्रमुख अतिथि रविशंकर शर्माले गर्नुभएको थियो ।

जसमाः अध्यक्ष– चन्द्र प्रसाद पौडेल, उपाध्यक्ष– दिपक के.सी., सचिव– राम बहादुर सेन, सह–सचिब– प्रकाश शर्मा र कोषाध्यक्ष– जमुना पौडेल रहनुभएको छ । त्यस्तै सदस्यमा : लिला बल्लब शर्मा, घनश्याम शर्मा, बैकल्पिक सदश्यमाः देब नारायण ढकाल र प्रेम बहादुर हमाल रहनुभएको छ । भेलाले दिनेश थापा, जीवन पौडेल, सिन्धु सेन र लक्षुमण शर्मालाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिको तर्फबाट नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नयाँ समितिलाई रविशंकर शर्मा के.परिषद सदश्य, लक्ष्मी प्रसाद शर्माले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *