कोयम्बटोरमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

कोयमटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा २०२० सालको पहिलो चौमासिक रन्निंग शिल्ड भलिबल खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भयो । उक्त कार्यक्रम नगर सचिब चन्द्र प्रसाद पौडेलको सञ्चालनमा र गोपाल शर्माको अध्यक्षतामा अगाडि बढेको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार कुल बहादुर थापा, मूल प्रवाह भू.पु. केन्द्रीय सदस्य हरि बहादुर राना, द.भा.क्षे.स.का सदस्य बिरे थापा, केन्द्रीय परिषद सदस्य रविशंकर शर्मा, नगर समितिका अध्यक्ष नरेन्द्र कुमार नेपाली र खेलकुद बिभागका संयोजक राम बहादुर शेनको आतित्थ्यता पछी ज्ञात–अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई नगर अध्यक्ष नरेन्द्र कुमार नेपालीले स्वागत गर्नुभएको थियो । हरि बहादुर राना र रविशंकर शर्माले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कुल बहादुर थापाले भलिबल खेलको उद्घाटन गर्नुभएको थियो । ९ टिमले भाग लिएको सो खेलमा अरसुर एरिया समिति ए प्रथम, टाउन हल एरिया समिति द्वितीय र अरसुर एरिया समिति वि तृतीय भएका थिए । खेलमा अरसुर एरिया समितिबाट विष्णु नेपाली उत्कृष्ठ खेलाडी र अनुशासन खेलाडीमा टाउनहल एरिया समितिबाट पूर्ण थापा चयन भएका थिए ।

खेलमा विजयी टिमलाई रनिङ सिल्ड, भलिवल, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । त्यस्तै द्वितीय टिमलाई मेडल र प्रमाण पत्र र तिर्तिया स्थान हासिल गरेको टिमलाई मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

भलिबल खेलमा उत्कृष्ट खेलाडी बिष्णु नेपालीलाई मेडल, प्रमाण पत्र र भित्ते घडी, अनुशाशित खेलाडी पूर्ण थापालाई मेडल र प्रमाण पत्र, रेफ्री राम बहादुर शेन र किसन बस्याललाइ पनि मेडल र प्रमाण पत्र पुरस्कृत गरिएको थियो ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि कुल बहादुर थापा, राजमो पोखराका हरि बहादुर राना, मूल प्रवाह द.भा.क्षे.स. का सदस्य बिरे थापा, मूल प्रवाह केन्द्रीय पार्षद सदश्य रविशंकर शर्माले पुरस्कार प्रधान गर्नुभएको थियो ।

उक्त भलिबल खेलमा बिजयी टिम तथा खेलाडीहरुलाई बिरे थापाले बधाई तथा शुभकामना दिनुभयको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार