कोयम्बटोर नगर समितिले लक्ष्मी प्रसाद शर्मा र सैसरादेवी शर्माद्वारा विदाई

  •   
  •  
  •  
  •  
  •  
  •  

397 जनाले पढ्नु भयो ।

चन्द्रप्रसाद पौडेल,

कोयम्बतुर । लामो समयसम्म संगठनको बिभिन्न स्तरमा काम गर्दै आउनुभएका पूर्वकोषाध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य लक्ष्मीप्रसाद शर्मा र उहाँकी श्रीमती खैसरादेबी शर्मालाई सम्मान सहित स्वदेश बिदाइ कार्यक्रम सम्पन्न भयो ।

चन्द्रप्रसाद पौडेलको सञ्चालन र नरेन्द्रकुमार नेपालीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रम्मा लक्ष्मीप्रसाद शर्मा र श्रीमती खैसरा देबि शर्माको आशन ग्रहण पछि उपस्तिथि जनसमुदायहरुलाई नगर बै.सदस्य प्रेमबहादुर हमालले स्वागत गर्नुभएको थियो ।

नगर अध्यक्ष नरेन्द्र कुमार नेपालीले र सचिब चन्द्रप्रसाद पौडेलले माला लगाएर र दोशल्ला ओढाएर सम्मानगर्नुभएको थियो ।

केन्द्रिय परिशद सदस्य रबिशंकर शर्मा, नगर समिति सहसचिब रामबहादुर सेन, टाउन हल एरिया सदस्य लिलाबल्लब शर्मा लगायलतले विदाई मन्तव्य दिनुभएको थियो ।

लक्ष्मीप्रसाद शर्माले आफुले संगठनमा गरेको काम स्वदेशमा गएर रा.ज.मो. तथा ने.क.पा. (मसाल) मा आवद्ध हुँदै आफ्नो काम निरन्तरता दिने प्रतिबद्धता राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *