कोरोनाका कारण विश्वका २८ मुलुकमा ४ सय २३ जना नेपालीको निधन

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको निधन भएको छ । गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार सोमवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

संघले डा. संजिव सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ।

नेपालमा हालसम्म ५ लाख २० हजार ४ सय ६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण सोमवार साँझसम्म ६ हजार ५ सय ३१ जनाको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार