कोरोनाको अर्को लहर बालबालिकालाई बढी असर गर्न सक्छ : स्वास्थ्य मन्त्रालय

  •   
  •  
  •  
  •  
  •  
  •  

20 जनाले पढ्नु भयो ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अर्को लहरले बालबालिकाहरु बढी प्रभावित बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी बालबालिकाहरुको उपचारको लागि अहिलेदेखि नै व्यवस्था मिलाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

अस्पतालमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन मन्त्रालयले निर्देशन दिएको हो । सूचनामा २० प्रतिशत शय्या र अक्सिजनसमेतको व्यवस्था मिलाउन भनिएको छ ।

हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मीलगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको मन्त्रालयको भनाई छ । आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यो बालबालिकाको लागि बढी प्रभाव पार्नसक्ने तर्फ सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *