कोरोनाको तेस्रो लहर विरुद्ध केजरीवालको तयारी

  •   
  •  
  •  
  •  
  •  
  •  

60 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ ।

उहाँले सरोकारवालासँग यसअघि झैँ शुक्रबार पनि छलफल गर्न लाग्नुभएको अधिकारीहरूले जनाएका छन् ।

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायका बारेमा उहाँले परामर्श लिन लाग्नुभएको हो ।

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।
उनीहरूले पनि विज्ञ तथा सरोकारवालासँग छलफल गरेर सरकारलाई सुझाव दिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधिको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।

मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाउनुभएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ । (रासस–पिटिआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *