कोरोनाको त्रासले युवकद्वारा आत्महत्याको प्रयास

भून्तर । हिमाचल राज्यको कुल्लु जिल्ला अन्तर्गत भुन्तरमा एक नेपाली युवकले आफूलाई कोरोना भाइरस लागेको भन्ने भयले पुलबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको समाचार छ । ति युवकको नाम करण खुल्न आएको छ ।

सामान्य रुघा खोकी देखापरे पछी कोरोना भाईरस हो कि भन्ने डरले २२ बर्षका करणले पुलबाट हाम फालेको स्थानीय प्रत्यक्ष दर्शिहरुले बताए । करणलाई स्थानीयहरुले बचाएका छन् ।

बिगत ७ बर्षदेखि हिमाचल प्रदेशको कुल्लु जिल्ला अन्तर्गत भुन्तरको गाउँ व पञ्चायत बडा भुईनमा मजदूरी गर्दै आएका करण २४ मार्च २०२० को दिन बिहान ७ बजे भुन्तरको पुराना पुलबाट हाम फालेको प्रत्यक्ष दर्शिहरु बताउँछन् ।

उनलाई स्थानीयहरुको मदतले पुलिस थाना भुन्तर पुराएर मैडिकल चेक गराउँदा कोरोना नभएको पुष्टी भएपछी प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितिलाई हस्तान्तरण गरेको छ । नगर अध्यक्ष कन्हैया चौधरी र सल्लाहकार राजा ठाकुरको उपस्थितिमा हस्तान्तरण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

हामीलाई कन्हैया चौधरीले दिएको जानकारी अुनसार करणको स्वास्थ्य अहिले ठीक भएको दिएका छन् । करणको घर परिवारसँग सम्पर्क भएका छैन । करणका घर परिवारजन, आफन्तजन तथा उनलाई चिन्ने जान्ने जो सुकैले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितिका कन्हैया चौधरी 8679170770 र विशाल बुढाथोकी 9805190691 मा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार