कोरोनाको महामारी र सम्भावनाहरु

  •   
  •  
  •  
  •  
  •  
  •  

680 जनाले पढ्नु भयो ।

  • जनक पौडेल
संसारका विकशित देशहरु अमेरिका फ्रान्स् बेलायत लगायत देशहरु जहाँ पुजिँबादको चरम विकाश भएको छ, ति साम्राज्यबादी देशहरुमा औद्यौगिक क्षेत्रमा श्रम गर्ने लाखौं संख्यामा मजदुरहरु कार्यरत छन् । तर अहिले कोरोना भाइरस्को आतंक र संक्रमणले प्रायः ठुला साना उद्योगहरु ठप्प छन् । लाखौ संख्यामा रहेका मजदुरहरु रोजगार विहिन भएका छन् ।
सम्बन्धित देशका सरकारहरुमा लाखौ संख्याका दरले बेरोजगार संख्याका मजदुरहरुले वेरोजगारी निवेदन दर्ता गरिरहेका छन् । पुँजीबादी मुलुकहरुलाई लाखौ संख्यामा रहेका वेरोजगारी मजदुरहरुको ब्यबस्थापन गर्न ठुलो आपत परिरहेको छ । कोरोना भाइरस् नियन्त्रण गर्ने विधि मेडिकल विज्ञहरुले पत्ता लगाउन अरु केहि महिना ढिलो हुने स्थिति रहिरहे स्थिति अरु भयावह हुने र भोकमोरी र बेरोजगारी संख्या सड्कमा आउन सक्ने स्थिति पैदा हुने संकेत देखिएका छन् । त्यसो त पुँजिबादी मुलूकहरु मजदुर बर्गको श्रम शोषण गर्दै अतिरिक्त मुनाफामा राईदालो खेल्दै आउने उनीहरुको विषेशता नै हो ।
पुँजिपति बर्ग कहिल्यै मजदुर बर्गको पक्षमा हुदैनन् । संसार सिगार्ने मजदुर बर्ग हो भने मजदुर बर्गको पसिनामा रजाउने पुँजिपति बर्ग हो । त्यसैले मजदुर बर्ग संगठित हुँदै सचेत हुने र आफ्नो श्रम शोषण गर्ने बर्ग प्रति घृणा गर्दै आम मजदुर बर्गको नेतृत्व गर्ने पुँजिपति बर्गलाई प्रहार गर्ने चेतनाको विकाश नहुदाँसम्म र विभिन्न जोखिम् र जटिल यात्रा झेल्दै परिबर्तनकारी आन्दोलनको नेतृत्व लिन तयार नहुदाँ सम्म मजदुर बर्गको रगत पसिना माथी दाई खेल्दै आएका पँुजिपति बर्गहरुले एक पछि अर्को रुप अपनाउदै शोषण गरिरहने छन् । जब संगठित श्रमिक बर्गले आन्दोलनको ज्वारभाटा सिर्जना गर्ने छ र त्यो लडाई सचेत पुर्वक पुँजिपति बर्ग निस्तेज गर्नेसम्मको उचाईमा पुग्ने छ । तत् पश्चात मात्र ब्यक्तिगत स्वामित्वमा रहेका स्रोत साधनहरु सामुहिकीकरण हुँदै सम्उन्नत समाजको निर्माण हुने छ । मजदुर बर्गले न्याय र समनता पाउने छ । श्रमको मुल्यको सहि मुल्यांकन हुन सक्ने छ । तर त्यो लक्ष्य पुरा गर्न लामो यात्रा कठिन र जटिल परिस्थितिको सामाना निश्चय पनि गर्नु पर्ने छ । सचेत संगठित र अनुशासित श्रमजिविहरुको आन्दोलनको आँधिवेहरीले मात्र त्यो ब्यबस्था स्थापना गर्न सम्भव हुने छ । त्यो विगतका मजदुरहरुले नेतृत्व गर्दै आएका आन्दोलन र स्थापित इतिहासले पुष्टि गरिसकेको छ । चाहे ति अमेरिकाको शिकागो शहरमा भएका मजदुर आन्दोलन हुन् वा फ्रान्स बेलायत जर्मन रसियाका मजदुर बर्गका गौरवपुर्ण ईतिहास हामीसँग जिवित रहँदै प्रेरणाका स्रोत बनिरहेका छन् । त्यसैले विश्वमा नै श्रमजिवि मजदुर बर्गमाथी हुँदै आएका अन्याय अत्याचार शोषण दमनका विरुद्ध शसक्त जुझारु मजदुरहरुको संगठित शक्तिले मात्र रक्तपिपाशु साम्राज्यबादी शासकहरुको सत्ता र शक्तिमा धक्का दिन सक्ने छ । त्यस पछि मात्र न्यायपुर्ण समनता मूलक समाजको निर्माण हुनेछ ।
अब आउने परिस्थितिमा साम्राज्यबादी शक्तिहरुको दम्भ र अहंकारमा कोरोना भाइरसको आतंकले ठुलै उथल पुथल आउने प्रवल सम्भावना छ । साम्राज्यबादीहरु जसरी अन्य कमजोर देशहरु अल्पविकशित विकशित र विकाश उन्मूख देशहरुलाई एक वा अर्को प्रकारको सहयोगको आवरणमा आफ्नो नियन्त्रण बाहिर जान नदिने र संधै आफ्नो कावुमा राखि राख्ने रणनीति अपनाउँदै आएका छन् । साम्राज्यबादीहरुको भरपर्दो पेशा भनेकै अन्य साना कमजोर र राष्ट्रभक्ति शासकहरु भएका राष्ट्रहरु जहाँ प्रचुर मात्रामा प्राकृतिक स्रोतहरुले भरिपुर्ण छन् । आत्म निर्भर बन्न प्रयत्न गर्ने गरेका छन् । त्यहाँ साम्प्रादायीक वा जातीय भड्काव ल्याउने शान्ती सुरक्षाको नाममा नरसंहार मच्चाउने, त्यहाँ भएका प्राकृतिक स्रोत साधन कब्जा गर्ने, आणविक हात हतियार क्षेप्यात्रका भट्टीहरु निर्माण गर्ने, ति विभिन्न राष्ट्रहरु विच द्वन्द्व निम्ताई दिने, अतिरिक्त मूल्यमा हतियार पसलबाट नाफा कमाउँदै कमजोर मूलुक आफ्नो कावुमा राख्ने, सधै लुटिरहने उनीहरुको मुख्य पेशा हो । आफ्नो आर्थिक संकट टार्ने क्रममा उनी एक वा अर्को उपमा दिदै नाङ्गो रुपमा प्रकट हुँदै आएका छन् । कोरोना भाइरस्ले छोडेको भड्खालो पुर्न अरु प्रकट हुन सक्ने सम्भावना पनि छ ।
साम्राज्यबाद विश्व मानव जीवनको रक्षाप्रति कति गैर जिम्मेदार र निर्मम हुने रहेछन् भन्ने कुरा अहिले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग कटौतीले पनि पुष्टी गरेको छ । विश्व स्वास्थ्य संगठन कोरोना भाइरस्को नियन्त्रण सम्बन्धि विभिन्न देशका विज्ञहरुसँग समन्वय गरिरहेको छ । संसारका सबै देशका मानव जाति को जीवन रक्षा गर्ने उसको समान दायित्व हो । यो अबस्थामा अमेरिकाको राष्ट्रपति डोनाण्ड ट्रपले विश्व स्वास्थ्य संगठनलाई आफ्नो नियन्त्रणमा रहन दवाव दिने गरेका छन् । विश्व स्वास्थ्य संगठनले अन्य देशका विज्ञहरुसँगको समन्वय प्रति रुष्ट हुँदै सनकमा सहयोग कटौती गरिरहेका छन् । भने कहिले चीनको पक्ष लिएको त कहिले कोरोना भाइरस् बारे समयमा जानाकारी नदिएको आरोप लगाइरहेका छन् । त्यो ट्रपको आफ्नो देशमा आन्तारिक विभिन्न समस्याको ब्यबस्थापनमा आएको  असफलताको  क्रोधपुर्ण अभिब्यक्ति हो । र असफलता ढाकछोप गर्ने असफल प्रयत्न पनि हो ।
अमेरिका अहिले ठुलो आर्थिक र बेरोजगार दैनिक कोरोना भाईरसको बढ्दो रप्तारले आजित छ । त्यो ब्यबस्थापन र नियन्त्रण गर्न असफल भएको छ । अर्को पक्ष आप्रावाशीहरुलाई देश निकाल गर्ने ट्रपको रणनीति अहिले आएको नयाँ होईन । त्यो उनको चुनावी प्रमूख नारा नै थियो । यद्यपि उनलाई अमेरिकाको विकाश हुनुमा आप्रावाशीहरुको ठुलो योगदान रहेको स्मरण प्रतिपक्ष र अन्य वौद्धिक नागरिक समाजले गराउँदै आएका छन् । उनको उग्र राष्टबादी समय समयमा छलल्किरहेको छ । अहिले पनि आप्रावाशीहरुलाई देश निकाला गर्ने कुराहरु सतहमा आएका छन् । त्यसले अमेरिकामा आर्थिक संकट आएको सहजै संकेत गर्दछ । त्यसो त विश्वका अन्य मूलुकहरुले पनि विदेशी कामदारहरुलाई देश निकाला गर्ने कुराहरु सुनिएका छन् । त्यो परिस्थिति निकट भविष्यमा नआउला भनि अस्विकार गर्न सकिन्न ।
दोस्रो विश्व युद्ध पछि युरोपहरुले निर्माणको लागि विदेशी कामदारको आवागमन छुट् दिएका थिए भने । पछि सम्बन्धित देशमा बेरोजगार संख्या चरमरुपमा पुगे पछि विदेशी कामदारलाई देश निकाला गरेका थिए । यसरी अहिले पनि कोरोना भाइरसको दवावले विश्वका विकशित देशहरु आर्थिक मन्दिले बिकाराल रुप लिने सम्भावना छ । देश कै नागरिक बेरोजगार ले छट्पटाई रहेको अबस्थामा विदेशी कामदारहरु फिर्ता पठाउन सक्ने अबस्थालाई नजर अन्दाज गर्न सकिन्न । त्यो प्रभावबाट नेपाली मजदुरहरु विदेशमा श्रम गरिरहेका छन् । अछुत रहने सम्भावना छैन ।
नेपाल सरकार निकट भविष्यमा आउन सक्ने सम्भावित जटिलताप्रति गम्भिर भएको पाईदैन तर नेपाली मजदुरहरु देशमा आगागमन शुरु भयो भने । त्यसले देशलाई फाइदाँ नै पुराउने छ । कृषिमा ठुलो उत्पादन हुँदै देश विकाशमा आफ्ना शिपहरुलाई ब्यबहारिक बन्न अवसर सहित स्रोत साधन सरकारले उपलब्ध गराउन सक्ने हो भने नेपाल आत्मनिर्भर बन्ने सम्भावना उत्तिकै छ । आज गाउँबटा शहरमा बसाई सराईको लर्को चलिरहेको परिवेशमा र विदेशको श्रमको आधारले जिविका उपार्जन भरले पहाडका गाउँ बस्तिहरु प्रायः रित्तिएका छन् । केहि अशक्त वृदा वृदिहरु नै गाउँमा छन् । उर्जाशिल जनशक्ति विदेशीएको छ । जहान केटा केटीहरु शहर पस्ने फेशनको रुपमा छ । त्यो जनशक्ति देश फर्कियो भने पहाडका कुना कन्दरामा यातायात, स्वास्थ्य, शिक्षा जस्ता अत्यावश्यक पक्षमा पहुँचका विषय उठ्दै राज्यलाई दवाव सिर्जना हुनेछ । कृषी उत्पादन वृदि हुनेछ । राजनीति रुपमा पनि परिबर्तन आउने छ र समग्रह देश हरावरा हुँदै आत्मनिर्भर बन्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *