कोरोनाबाट बच्नुछ भने खानपिनमा ध्यान दिन जरुरी, दिनमा ५ ग्राम नुन र ६ चम्चा बढी चिनी हानिकारक

कोरोनाभाइरसले एकपटक पुनः सबैको मुश्किल बढाइदिएको छ । कोरोनाको नयाँ रुप निकै संक्रामक छ र अलिकतिको लापरवाही पनि महामारीलाई निम्तो दिनुसरह हो । बारम्बार हात धुनु, मास्क लगाउनु र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि धेरै नै ध्यान दिन आवश्यक छ किनभने राम्रो डाइटले नै प्रतिरोधी क्षमता बलियो हुनेछ र तपाईंले आफूले आफैंलाई कोरोनाबाट बचाउन पाउनुहुनेछ । डब्ल्यूएचओले कोरोनाबाट बच्नका लागि कस्ता खानपिन आवश्यक छ भन्नेबारे जानकारी दिएको छ ।

कोरोनाबाट बच्नका लागि कस्तो छ डाइटः

आफ्नो डाइटमा विभिन्न प्रकारको ताजा फल र अनप्रोसेस्ड फूड समावेश गर्नुपर्छ । तपाईंले खानेकुराबाट नै भिटामिन, मिनरल्स, फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्ट पाउनुपर्छ ।

तरकारी धेरै पकाएर नखानुहोस् ।

हरेक दिन कम्तीमा दुई कप फलफूल, २.५ कप सागसब्जी, १८० ग्राम गेडागुडी र १६० ग्राम मासु र केराउ खानुहोस् । हप्तामा १–२ पटक रातो मासु र २–३ पटक कुखुराको मासु खान सक्नुहुन्छ । बेलुकाको समय हल्का भोक लाग्दा काँचो तरकारी र ताजा फलफूल खानुहोस् । तरकारीलाई धेरै पकाएर नखानुहोस् । नभए आवश्यक पोषक तत्व नष्ट हुन्छ । यदि तपाईं प्याकेटमा बन्द फलफूल वा सागसब्जी खरिद गर्नुहुन्छ भने त्यसमा नुन र चिनीको मात्रा बढी नहोस् ।

स्वस्थ खान्कीका लागि यी कुरामा ध्यान दिनुहोस्ः

धेरै नुन नखानुहोस्ः

विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिलाई एकदिनमा ५ ग्रामभन्दा बढी नुन सेवन नगर्नुहोस् । लकडाउनका कारण मानिसहरु धेरैजसो फ्रोजन चिज खरिद गरिरहेका छन् जसमा नुनको मात्रा धेरै हुन्छ । त्यसैले सामान खरिद गर्नेबेला यी कुरालाई ध्यानमा राख्नुहोस् ।

गुलियो कम खानुहोस्ः

डब्ल्यूएचओका अनुसार एक व्यक्तिले एक दिनमा ६ चिया चम्चाभन्दा बढी चिनी खानु हुँदैन । यदि तपाईंलाई गुलियो खानेकुरा मनपर्छ भने गुलियो र ताजा फलफूल खान सक्नुहुन्छ ।

बोसो भएको खानेकुराबाट टाढै बस्नुहोस्ः

एक व्यक्तिले एक दिनमा ३० प्रतिशत फ्याटयुक्त खानेकुरा खान सक्नुहुन्छ । यसमा १० प्रतिशत मात्रै स्याचुरेटेड फ्याट हुनुपर्छ । योभन्दा बढी फ्याटयुक्त खानाले तपाईंको स्वास्थ्यलाई हानी गर्ने गर्छ ।

खानामा धेरैभन्दा धेरै फाइबर समावेश गर्नुहोस्ः

स्वस्थ पाचन तन्त्रका लागि फाइबर सबैभन्दा आवश्यक हुन्छ । यदि तपाईं पर्याप्त मात्रामा फाइबर जस्तै फलफूल, दाल, सागसब्जी र होल ग्रेन फूड खानुहुन्छ भने तपाईं अत्यधिक खानबाट बच्नुहुन्छ । फाइबरयुक्त खानले बारम्बार भोक लाग्न दिँदैन ।

शरीरलाई हाइड्रेट राख्नुहोस्, पानी पिउँदै गर्नुहोस्ः

कुनै पनि रोगबाट बच्नका लागि सबैभन्दा आवश्यक शरीरमा पानीको पर्याप्त मात्रा हुन आवश्यक छ । त्यसैले हरेक दिन कम्तीमा ८–१० गिलास पानी पिउनुहोस् । धेरै चिसो पानी पिउनबाट बच्नुहोस् । तपाईंले चाहेको खण्डमा पानीमा काँक्रो, फ्रोजन फ्रुट, कागती र मिन्ट मिलाएर पिउन सक्नुहुन्छ ।

फ्रोजन फ्रुटसः

सबै प्रकारको फ्रोजन फ्रुट्स जस्तै बेरिज, पाइनएप्पल र आँप खान सक्नुहुन्छ । किनभने यसमा फाइबर र भिटामिनको मात्रा अत्यधिक धेरै हुन्छ । यी फलफूल ताजा भए झन् राम्रो ।

दाल र गेडागुडीः

रानमा, चना, दालजस्ता चिज प्रोटिन, फाइबर, भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यो डाइटमा समावेश गर्नुहोस् । यसलाई तपाईं सूप र स्यालडको रुपमा पनि खान सक्नुहुन्छ ।

सबै प्रकारको सेरेलः

फाइबरको सबैभन्दा राम्रो स्रोत मानिन्छ सबै प्रकारको सेरेल । त्यसैले मल्टी ग्रेन आटा, होल ग्रेन, पास्ता, ओट्स, क्विनोआजस्ता चिज आफ्नो डाइटमा समावेश गर्नुहोस् । रिफाइन्ड चिज खानबाट बच्नुहोस् ।

अण्डाः

अण्डा प्रोटिन र पौष्टिक तत्वको सबैभन्दा राम्रो स्रोत हो । यसलाई डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । अण्डा फ्राई गरेर खानुको साटो उसिनेर खाँदा बढी फाइदाजनक हुन्छ ।

खाना बनाउने बेला यी पाँच कुरामा ध्यान दिनुहोस्ः

आफ्नो हात, भाँडाकुँडा र भान्साकोठा राम्रोसँग सफा गर्नुहोस् । काँचो मासुलाई पकाएको चिज वा अन्य सबै चिजबाट अलग राख्नुहोस् । खाना राम्रोसँग पकाउनुहोस्, काँचै रहन नदिनुहोस् । खाना बनाउने बेला सफा पानीको प्रयोग गर्नुहोस् । खानालाई सेफ टेम्परेचर (५ डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी) मा राख्नुहोस्  ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार