कोरोना बारे भुक्तभोगी को सुझाब

0Shares

127 जनाले पढ्नु भयो ।

कोरोना एक बिस्वब्यापी महामारी को रूपमा फैलियको एक प्रकारको फ्ल्यु भाइरस हो,यो कुरा सारा विश्व का मानिसले बुझेका छन।यसले आजसम्म बिस्वमा करोडौं को संख्या मा सन्क्रमित गरेको छ भने लाखौंको संख्या मा ज्यान लिइसकेको छ।यसबाट आम मानव जगत लाई ठुलो त्रादसी र जोखिम को स्थिति को सृजना भयको छ।आज म यहाँ तपाईं हरुलाइ कोरोना लागिसकेको अबस्थामा कस्तो उपाय अपनाउने भन्ने बारेमा नै मेरो आफ्नो अनुभव बुदागत रूपमा शेयर गर्न गैरहेको छु।

1) सबैभन्दा पहिला यो शरीरको प्रतिरोधात्मक क्षमता कम भयो भने यसले बढी सन्क्रमित गर्न सक्ने हुनाले immunity power बढाउने पौष्टिक आहार लिने
2) उच्च मनोबल का साथ धैर्य धारण गरि मानसिक रुपमा सकारात्मक सोचाइ लाई हमेसा अघि राख्ने।
3) दिनको 4 पटक तातो पानी पिउने ,जसमा दुई पटक मसला को पानी जसलाई काढा पनि भनिन्छ,(जुन तयार पार्नको लागि मरिच,दालचीनी ,सुक्मेल,सोन्ठ,ज्वानो,धनिया,तुलसी का पत्ता बा दाना जे उपलब्ध छ त्यो सामिल गरि बनाइएको पानी) दुइचोटी पिउने अनि दुइचोटी बेसारे पानी पिउने,यसको साथमा खोकी र सर्दी छ भने दुधमा बेसार राखी पकायर पिउने जसलाई golden milk पनि भनिन्छ।खोकी बढी छ भने तातोपानी र नुन को घोल ले मुख कुल्ला ( जसलाई गरारा पनि भन्छन) गर्ने अनि ज्वानो काचै खाने।
4) दिनको दुई या तिनपटक बाफ लिने करिब 5-7 मिनेट सम्म।( सर्दी छ भने विक्स मिलाउने,छैन भने सधा पानी कै लिने बाफ लिदा कम्बल ले पूरा टाउको ढाकेर दुई घुडा टेकेर शरीर घोप्टो परि लिनुपर्छ ताकी सबै शरीरमा गर्म पैदा होस )
5)भिटामिन सि पाइने चिज हरु जस्तो कागती ,अमला लगायतका चिज हरु प्रयोग गर्ने।
6) गाजर,सल्गम जस्ता चिज हरु सेबन गर्ने।
7) बिहान मा आफुले जानेको र सकेको ब्यायाम गर्ने / योगा गर्ने।
यी घरेलु उपाय बाहेक का
1) ज्वोरो छ भने Dolo 650 बिहान बेलुकी लिने।
2) सर्दी छ भने अजिथ्रोमेसिन दिनको 1 लिने जम्मा 5 दिनसम्म,
3) नियमित रुपमा शरीरको तापक्रम चेक गरिरहने जसको लागि मेडिकलमा डिजिटल थर्मोमिटर पाइन्छ 200/ करिब मा।
4) oxymeter को सहायताले शरिर मा oxygen मात्रा कति छ भन्ने कुरा थाहा गरिरहनु पर्दछ।94% भन्दा कम आयो भने गम्भीर अवस्था आउन सक्छ स्वास्प्रस्वास सम्बन्धि ।अनि भेन्टिलेटर को आबस्यक्ता पर्दछ,hospital जानुपर्ने हुन सक्छ।यद्यपि मलाई यस्तो स्थिति आयन यस्तो आयपनी डराउनु पर्दैन बिहान बेलुकी योगा वा ब्याम गरि oxygen मात्रा बढाउन सकिदो रहेछ।
5) vitamin c tablets दिनको 2 वटा, multivitamin tablet दिनको 1 वटा ।
यसको साथमा च्वयन प्रास,लिन सकिन्छ,ताजा फलफुल ,गेडागुडी को रस,काजु,बदाम,खजुर लगायतका dry fruits पनि लिन सकिन्छ।अन्डा को सेतो भाग खाने ,कुखुराको मासु,खान सकिन्छ।सबैभन्दा ठूलो कुरा त सतर्कता अपनाउने हो,गर्दागर्दै पनि आयपछी त सचेतता अपनाउने र धैर्य गर्ने,साथिभाइहरुले सम्पर्क गरिरहने,हौसला दिइरहने गर्नुपर्दछ।
यस्तो महामारीको अबस्थामा अखबारमा आउने news, TV मा आउने news Facebook मा आउने news आदि ले मन मस्तिष्कमा बिचलन पैदा गर्न सक्छ।ती चिज को वास्ता नै नगरिकन कथा, video हरु हेर्ने,किताब पढ्ने,लेख्ने पनि गरियो भने चिन्ता गर्ने ,सोच्ने समय हुदैन र तनाब पैदा हुन पाउदैन।

त्यसो भएको हुनाले म सम्पुर्ण साथीहरूलाई के भन्न चाहन्छु भने अरुलाइ सिकाय जस्तो ,उपदेश दियजस्तो पक्कै हुदैन मैले धेरै साथिभाइ हरुलाइ सिकाउने गर्थे तर आइ लागेपछी परेको ले नै झेल्ने हो सङ्हर्श गर्ने हो अनि असहज परिस्थिती लाई सहज बनाउने हो त्यो पूरा गर्न को लागि ठूलो आत्मबल, प्रेरणा, हौसला र धैर्यताको आबस्यक्ता पर्दछ।यो पूरा गर्यौ भने पक्कै पनि कोरोना लाई हराउन सकिन्छ।

https://www.facebook.com/photo?fbid=1637342689747442&set=a.195603723921353

Leave a Reply

Your email address will not be published. Required fields are marked *