कोरोना भाइरस संसारमा रहने छैन

0Shares

193 जनाले पढ्नु भयो ।

खिमराज चालिसे

समाजमा जताततै कोरोना भाइरसको त्रासले सताइरहेको र एकप्रकारको भयानक परिस्थिति सृजना भइरहेको सन्दर्भमा कोरोना बारे मैले लेख्ने प्रयास गरेर समाजमा व्यप्त डर त्रास र भएको स्थितीबाट धेरैलाई सकारात्मक, सहज र निर्धक्क हुन अनुरोध सहितको यथार्थ पस्कने प्रयास गरिरहेको छु ।

निश्चित रूपमा अहिले संसारभरका चिकित्सक, वैज्ञानिक र विषेशज्ञहरुको लागि पनि विश्वव्यापी चुनौतीको रुपमा देखिएको एक अदृश्य भाइरस हो । यसले मानव समाजको अहिलेसम्म कै सम्पुर्ण संरचनालाई नराम्ररी उलट–पुलट वा तहस–नहस पारिरहेको छ । कोरोना भाइरस यो दुनियामा आउनुपुर्व क्यान्सर र हेपाटाइटिस “बि” लाई सबैभन्दा खतरनाक रोग भनिन्थो अझै हेपटाइटिस “बि” त झनै खतरनाक रोगको रुपमा मानिन्छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार पनि हेपाटाइटिस “बि” ले मात्र विश्वमा प्रतिवर्ष औसत १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको र अहिले पनि विश्वमा ४० करोड भन्दा वढि मानिस हेपटाइटिस “बि” बाट संक्रमीत रहेको तथ्याङ्क छ । तै पनि कोरोना पुर्वका सबै खतरनाक रोगहरु अहिले ओझेलमा परिरहेका छन् ।

विश्व समुदाय कोनोराको महामारी रोक्ने र वच्ने उपाय अपनाउन नै तल्लीन देखिन्छ । संसार भरका उद्योग धन्दा तथा व्यवसायहरु प्रायस बन्द भैसकेकाले विश्व भरि ठुलो संख्यामा मजदुरहरु बेरोजगार हुनपुगेका छन् नोकरीको अभावमा, व्यापार घाटाको दवावमा कैयन अपसाद रडिप्रेशनको शिकार भइरहेका छन् । कैयनले आत्महत्या जस्तो घृणित कदम उठाइरहेका छन् भने कैयनका पारिवारिक सम्बन्ध ऋणकै कारण विघटनको संघारमा पुगिरहेका छन् । यसरी सर्वत्र मानव समाज त्राहित्राहि भइरहेको छ । वर्तमान परिस्थितिमा सबैभन्दा शक्ती सम्पन्न भनिने राष्ट्रहरुसम्म यसप्रकारको परिस्थितिबाट निकास खोजिरहेका छन् । यसरी एक अदृश्य भाइरस कोरोनाको विरुद्ध सम्पुर्ण मानव समाज विभिन्न कोणबाट संघर्ष गरिरहेको छ ।

सर्वप्रथम कोरोना भाइरसको त्रास संसारमा आएपछि दुनियाँ भरका मानव जातिलाई विभिन्न देशका सरोकारवाला तथा स्वास्थ्य संगठनहरु लगायत विश्व स्वास्थ्य संगठन समेतले रोग प्रतिरोधक क्षमताको लागि खानपान र सरसफाईप्रति अति सचेत बनाउन प्रयास गरिरहेको र प्रतिरोधक क्षमता विकासको लागि विभिन्न गाइडलाइन दिइरहेका छन् । त्यसैगरि रोगको रोकथामको लागि सोशल डिस्टेन्सिङ, मास्क तथा सेनेटाइजरको उपयोगलाई अनिवार्य गरिएको छ ।

अर्को तर्फ भयानक रोगहरुसँग लडन दुनियाँ भरका चिकित्सक तथा वैज्ञानिकहरु रोगको पुर्ण रोकथामको लागि वेक्सीन निर्माण र प्रयोगमा लागिरहेको र कैयन प्रयोगहरु अन्तिम चरणमा पुगेको खबर विभिन्न समाचार माध्यमहरुबाट जानकारी पाइरहेका छौं । खासगरि कोरोना भाइरसको वेक्सीन बनाउने होडमा संसारका सबै विशेषज्ञ, वैज्ञानिक र औषधि विज्ञानका विज्ञहरु लागिरहेको वर्तमान परिस्थितिमा अहिलेसम्म कैयन चरणका ट्राइलहरु भइसकेको विभिन्न दावाका वावजुद अन्तर्राष्ट्रिय मिडिया मार्फत रुसले वेक्सीन तैयार गरिसकेको समाचार आएको छ तर पनि विश्व स्वास्थ्य संगठनले भने त्यो वेक्सीन ठिक छ वा छैन भनेर आधिकारिक पुष्टि गरेको छैन तै पनि कोरोनाको औषधि निकट भविष्यमा कोरोनाको व्याक्सीनको रुपमा आउने प्रवल संभावना रहेको छ ।

तर कोरोनाको व्याक्सीन सम्बन्धमा अहिलेसम्मको चिकित्सकहरुको भनाइलाई आधार मान्ने हो भने कोरोनाको व्याक्सीन पनि हेपाटाइटिस “बि” को जस्तै रोग लाग्नु पुर्वको रोकथामको वैकल्पिक उपाय तथा स्थायी दुबैप्रकार मध्ये कुनै पनि हुनसक्ने अनुमान गरिएको थियो तर रुस लगायत अन्य कतिपय देशका विज्ञहरुले ट्रायल गरिरहेको समयमा कोरोनाको वेक्सीन रोगको प्रतिरोधक क्षमता विकास गर्ने मात्र नभएर स्थायी निवारण अर्थात समाधानको लागि पनि हो भन्ने तर्कलाई आधार मान्ने हो भने स्थायी औषधि निर्माण हुनसकेमा संसार भर मानव समाजले धेरै ठुलो राहात महसुस गर्ने छौं ।

तर यदि कोरोनाको पनि हेपाटाइटिस “बि” को जस्तै रोगको उपचार भन्दा रोकथामका लागि ध्यान दिनुपर्ने औषधि मात्र आयो भने मानव समाजले सबैभन्दा बढि डरत्रासमा अझै कैयन वर्ष बाच्न पनि पर्न सक्दछ । तर हामी आशा गरौं मानव समाजले त्यसप्रकारको परिस्थितिको कहिल्लै सामना गर्न पर्ने छैन र छिट्टै मानव समाजलाई रोगको प्रतिरोधक शक्ति सहितको स्थायी निवारणको औषधि या वेक्सिन तैयार हुने छ र सम्पुर्ण मानव समाज पुर्ववत रुपमा सहजरुपमा हिडन, वोल्न, वाच्न र हास्न पाउने छ । किनकी माक्र्सवादीहरुले निषेधको निषेध नियमप्रति विश्वास गर्ने हुँदा कोरोना भाइरस पनि ढिलोचाडो यो संसारबाट संधैको लागि विदा हुनेछ । यहि सकारात्मक सोंचमा अहिलेको परिस्थितिलाई पनि सहजरुपमा स्वृकार गरौं यहि नै सामाजिक यथार्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *