कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौँ । प्रसिद्ध सर्जक तथा समालोचक प्रा. राजेन्द्र सुवेदीको निधनप्रति प्रगतिशील लेखक सङ्घले श्रद्धाञ्जली अर्पण गरेको छ ।

अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी तथा महासचिव समीर सिंहको हस्ताक्षरमा २०७८ जेठ ३ गते शोकवक्तव्य जारी गर्दै प्रलेसले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

शोकवक्तव्यमा भनिएको छ–

“वरिष्ठ प्रगतिवादी सर्जक, सुप्रसिद्ध समालोचक तथा नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. राजेन्द्र सुवेदीको असामयिक निधन भएकामा प्रगतिशील लेखक सङघ, नेपाल गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको निधनबाट राष्ट्र र समाजका लागि अपूरणीय क्षति भएको छ । उहाँका निबन्ध, समालोचना, कविता, शोध आदिका विभिन्न महत्त्वपूर्ण पुस्तकहरू प्रकाशित छन् । उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँको योगदानले उहाँलाई सदा जीवित राखिरहने छ । दुःखको यस घडीमा शोकविह्वल परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्यपूर्वक शोकको सामना गर्ने शक्ति प्राप्त होओस् भनी प्रलेस नेपाल कामना गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार