कोलकाता नगर समितिका सचिव पितृशोकमा

कोलकाता । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज कोलकाता नगर समितिका सचिब राम बहादुर जीसीका बुबाको भोज बहादुर जीसीको निधन भएको छ । वहाँ बर्ष ७९ को हुनहुन्थ्यो ।

वहाँ शिवराज नगरपालिका १ शिवपुर वेलौते कपिलवस्तु स्थित आफ्नै निवास स्थानमा निधन भएको हो । जीसीले लामो समयदेखि कोलकातामा काम गर्ने दौरानमा एकता समाजको सदस्य रहि सामाजिक गतिविधिका क्रियाशिल हुनुहुन्थ्यो ।

वहाँका श्रीमती, दुई छोरा, एक बुहारी, दुई छोरी, छ नातिनातिना र पनाती पनातिनाहरु छन् ।

मृतक भोज बहादुर जीसीप्रति पुर्वी भारत क्षेत्रीय समिति र कोलकाता नगर समिमिको भावपुर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिजनमा समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार