क्रान्तिकारी महिला आन्दोलनमा शर्मिष्ठा चौधरीको भूमिका महत्वपूर्ण : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले भारतीय महिला नेतृ शर्मिष्ठा चौधरीको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ ।

अखिल नेपाल महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी पौडेलले महिला आन्दोलनका क्रममा चौधरीसँग विभिन्न सन्दर्भमा गरेको सहकार्यको स्मरण पनि गर्नुभएको छ ।

भाकपा (माले) रेडस्टारका पोलिटब्यूरो सदस्य समिष्ठाको हिजो कलत्तामा निधन भएको थियो । राजमो उपाध्यक्ष पौडेलले शर्मिष्ठाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र सम्बन्धित पार्टी एवम् संगठनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पौडेलले भन्नुभएको छः
‘ कामरेड शर्मिष्ठा चौधरी लाल सलाम ! हार्दिक श्रद्धाञ्जली !
भारतकी क्रान्तिकारी महिला नेतृ तथा सीपीआई (एमएल) रेड स्टारकी पोलिटब्यूरो सदस्य, मज्दुर आन्दोलनकी नेता र विश्व महिला सम्मेलनकी कोर्डिनेटर का. शर्मिष्ठा चौधरीको पेटको रोगको कारणले हिजो मृत्यु भएकोमा हामीहरु स्तब्ध भएका छौँ ।

हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ । उहाँ सानै उमेरमा नै भारतको क्रान्तिकारी आन्दोलनमा सामेल हुनुभएको थियो र जीवनभरि पेसेभर रुपमा त्यसमा लागिरहनु भयो ।

हाँको क्रान्तिकारी महिला आन्दोलनमा पनि महत्वपूर्ण भूमिका रहेको थियो । द्धितीय विश्व महिला सम्मेलनको अवसरमा उहाँ नेपालमा आउनु भएको थियो । त्यस भन्दा अघि पछि पनि विश्व सम्मेलनको तयारी वा महिला सम्बन्धी अन्य कतिपय बैठकहरुका सिलसिलामा उहाँ नेपालमा आउनु भएको थियो ।

जर्मनीमा सम्पन्न कतिपय महिला सम्बन्धी अन्तराष्ट्रिय बैठक वा अन्य कार्यक्रमहरुमा उहाँ र मैले सँगै भाग लिएका थियौँ । त्यसरी व्यक्तिगत रुपमा पनि मेरो उहाँ सँग धेरै नै निकट र घनिष्ट सम्बन्ध कायम भएको थियो ।

उहाँको मृत्युले भारत र अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई मात्र होइन नेपालको क्रान्तिकारी आन्दोलनलाई पनि ठूलो क्षति पुगेको छ ।

मैले अन्तमा पुनः उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्न चाहान्छु । त्यसका साथै भारतका कम्युनिष्ट पार्टीका शोकाकुल सबै पार्टी सदस्यहरु र उहाँका परिवार जनप्रति पनि हार्दिक समवेदना प्रकट गर्न चाहान्छु ।’

दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता
राष्ट्रिय जनमोर्चा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार