क्रान्तिका कथाहरु

55 जनाले पढ्नु भयो ।

कथा– अप्राध

“बहादुर छिट्टै आईज” दोकानमा ग्रहाक बसेका छन्, तँ घर आएर बसेको छस् । नोकरी गर्ने मन छैन क्या हो ? मालिकले बाटैमा मोटर साईकल रोकेर कराउँछ । डोर बहादुरले भर्खर क्वाटरमा आएर नुहाउँन थालेको थियो । दिउँसोको तिन बजिसकेको थियो ।

साबित्री बाहिर हेर तो साहेद मालिक कराई राखेको छ ! डोरेले बाथरुमबाटै आफ्नो स्वास्नीलाई भन्छ । कराए पनि मैले के भनम् त ? उसले भनेको मैले बुझ्दैन मैले भनेको उले बुझ्दैन ! साबित्रीले भन्छे । जाउ नाउँदैछ भन्दिउ दैलो खोल्दिउ भित्र बस्न भने ! भन्छ उसले शरिरमा साबुन लगाएको थियो । साबित्री भर्खर गाउँबाट आएकी उसलाई हिन्दी बोल्नै आउँदैनथ्यो । तै पनि दैलो खोलेर बाबु जी भित्र आउ ! उनी नाउँदैछन् भनी । उले अलीबेर साबित्रीलाई खुट्टाबाट टाउकासम्म नियाल्छ । बहादुरले नाहुन लागेको कुरा चाँहि बुझ्यो । अलिबेर साबित्रीलाई नियालेर खिसिक्क हाँस्छ साबित्रीले कुरा नबुझी हाँस्दै लाजले भित्र पस्छे । दैलो खुल्लै थियो त्यो मोटर साईकल मै उभिएकोछ । डोरेले हत्तपत नुहाएर भाईर आउँछ ढोकाको सामन्ने मालिक उभिएको देखेपछि भित्र बोलाउँछ ! मालिक भित्र पसेर कोठा तिर नियाल छ । त्यहाँ एउटा खाट बिछेको थियो । नजिकै कुर्चीमा बस्न डोरेले ईसारा गर्छ । मालिक बस्छ कोठामा दुई चारौटा भाँडा र एउटा स्टोब थियो । साथै तिखा तिखा सरियाहरु चिम्टा एउटा कुनामा थन्केका थिए । पहिले यहाँ दुई तिन जाना छाडा केटाहरु बेटर पार्टिमा काम गर्ने बस्थे डोरेले साबित्रीलाई घरबाट ल्याए पछि उनीहरु अन्तै बस्नथाले । बहादुर भाबि त खुबै सुन्दर भेटाएछस् नी ! भन्दै मालिकले ठट्टा गर्दै थियो । साबित्री देख्नमा अति सुन्दर थि मालिकले देखेपछि मालिकको नियतमा खोट पलायो । उ जति बेर त्यहाँ बसेको थियो साबित्री तिरै नजर थियो ।

डोरेले हतपत्त तैयार हुन्छ अनि बस तीमि यो लिन आएकोछ जान्छु भन्छ अनि मालिकको पछाडि बसेर जान्छ ।

डोरे होटेलमा कुक थियो उसले तन्दुरमा कुखुरा बनाउँथ्यो । कुकको काम सबै गर्न जानेको थियो । केहि बर्षबाट उसले यहाँ काम गथ्र्यो र कतै बुकिङ्गमा पनि जान्थ्यो । मासु पकाउँन उ स्पोट थियो । देख्नमा होंचो होंचो फुच्चे भए पनि काममा फुर्तिलो डोरे एउटा निडर ब्याक्ति हो । साँज काम सकेपछि मालिकले बहादुर घर जाँदा हाम्रो भाबीलाई खाना यतैबाट लिएर जानु हैं, बिचारी एक्लैले किन पकाउँन पर्यो भन्छ । डोरेले पनि ठिकै ता हो नि भन्ठानेर आफ्नो खाना पनि सँगै प्याक गरेर लिएर जान्छ सँगै खान्छन् ।

यसरी बिस्तारै दिन बित्दै जान्छन् । मालिकले पनि आफु जाँदासँगै मोटर वाईकमा छोड्ने ल्याउँने गर्न थाल्यो । डोरेको मालिक नजिक्किएको देख्दा होटेलमा पनि केटाहरूले ठट्टा गर्न थाले । साँझमा कहिले कसो आफुले खाँदा बहादुरलाई पनि एक प्याक दिन थाल्यो । उति बेला धेरै जसो मान्छे असंगठित हुन्थे संगठनको प्रचार पनि त्यहाँ पुग्न सकेको थिएन । मालिक यसरी नजिक्किनुको कारण डोरेले आफुले गरेको कामलाई संझन्थ्यो तर उसको ठम्माई गलत थियो, मालिकको कुनियत उस्की स्वास्नी तीर थियो ।

हिंजो आज त रक्सी दिनहुँ पिउँन थाल्नु भयोको छ, नि हजुरले ? साबित्रीले आश्चर्या हुँदै सोध्छे । होईन त्यसो त मालिकले आफै दिउसभरी काम गर्छस् थाकेको ज्यानलाई साँझमा एक दुई प्याक पिउ भनेर दिन्छ । आफ्नो पैसाले किनेर खाएको होईन ! डोरेले सफाई दिन्छ । कैले कसो ता केहि भैन हजुरले त दिनहुँ पिएरै आउँनु हुन्छ ! सुन्नुसतो मलाई त हजुरको मालिकको पनि ब्यबहार कस्तो कस्तो लाग्छ । साबित्रिले सिरियस् भएर भन्छे । उनीहरु दुबै जनाले खाना खाँदै कुरा गर्छन । किन र ? तिमिलाई केही भन्यो र उसले ! डोरेले सोध्छ । होईन मलाई त के भन्ने केहि बोलेको बुझ्दैन मैले, भनेर खिसिक्कै हाँस्छे । त्यसो केहि होईन, उसका पनि बाल बच्चा छन् । परिवार वाला हो भन्दै एक प्याक लगाउँछ । साबित्रीले जनजाति भए पनि पिउँने बानी छैन । डोरेले जनजाति भएर पनि नपिउँने भन्दै धेरै कोशिस गर्यो तर पनि चाख्न पनि मानिन । केहि भने पछि मलाई भनि हाले नडराईकन भन्दै सम्झाउँछ ।

खै मैले हिन्दी भाषा जानेकी छैन, कहिले कसो बाहिरैबाट आउँदा जाँदा खिसिक्क हाँस्छ । मुखमा हेरेर मलाई भने लाज लाग्छ भित्र गर्किन्छु । साबित्रीले भन्छे । कतै नेपालीहरु बस्ने तिर लगेर छाडे पनि त हुन्थ्यो कहिले काँही ! साबित्रीले याचना गर्छे ।

डोरेलाई भने कतै राम्रो समाजको नजिक कहिले गएको पनि छैन पहिले बुकिङ्ग बिहेका पार्टीमा कुकको काम गथ्र्यौं । अहिले साबित्री आएपछि कतै जाने मनले मान्दैन तर रक्सि र मासु भने दिनहुँ खाएको हुनछ । यसरी समय बित्दै जान्छ । होटेलका केटाहरुले पनि कोखे नजरले हेर्दा डोरेलाई पनि अर्कैअर्कै अनुभव भएको छ ।

बहादुर आज तेरा घरमा पार्टी खानेहो मालिकले भन्छ । हौस् आउँनुसन मैले कहिले मनागरेको छुँ र डोरेले हाँसो गरेको जस्तै मानेर भन्छ । नत्र यहिं होटेल मै बनाउँला भनेर डोरेले भन्छ । मालिक एकछिन् सोंचेको जस्तो गर्दै ओहो यहाँ त हुँदैन तेरै घरमा गर्नु पर्छ । मालिकले भन्छ, बाबु जी आखिर के को पार्टी ? डोरेले सोध्छ । बिर्सि सक्यो, तेरो बिहेको पार्टी, मालिकले भन्छ । आखिर पार्टीको तैयारी हुन्छ । सबै होटल मै तैयार गराएर रक्सी अनि तन्दुरी कुखुरा लगायतका आबश्यक समान लिएर डोरेले घरमा राख्छ । साबित्रीका केहि दिन पहिलेका कुरालाई डोरेले बिर्सिएको थिएन । उसलाई पनि मालिको नियतको बारे थोरै भनक भएको थियो ।

रात्रिको भोजमा सबै होटेलका तिन जना र डोरेका दुई जना गरी पाँच जना थिए । मालिकले बिभिन्न बहानामा होटेलका दुई जनालाई खाना ख्वाएर होटेलमा पठाई दिन्छ । आफु डोरेका घरमा डोरेसँग बसेर रक्सि पिएकै थियो राती अबेरासम्म, उसको नजर साबित्री तिरै थियो तर डोरेको नजर मालिक तिरै थियो । भाबी जी भन्दै कहिले गाला मसार्ने कहिले आँखा शंकाउँने गर्न थाल्यो । साबित्रीले लजाएर केहि भन्न सक्नु हुँदैन । यसलाई भन्दै आफ्नो लोग्ने तिर जर्किन्छे । साबित्री यसलाई केहि भन्ने होइन, केहि गर्ने हो भन्छ । रात छिप्दै गएको थियो, बाहिर कुकुरहरु पनि सुतिसकेकाले अहिले भुक्न छाडेका थिए । डोरेले जानेर रात छिप्पाउँदै थियो ।

मालिकले डोरेलाई यो जाबो फुच्चेले केहि गर्न सक्दैन भन्ठानेको थियो । बहादुर भाबिलाई सम्झा आज म आएको छु ! भन्छ उसलाई रक्सि पुरै लगेको थियो । जिब्रो लटपट–लटपट राम्ररी लाग्न छाडेको छ । डोरेले आफ्ना र साबित्रीका लुगा समान सबै एउटा झोलामा प्याक गर्दै थियो, साबित्रीले कुरा बुझ्न सकेकी छैन । मालिकले साबित्रीको हातमा छोप्छ र आफु तिर तान्छ । त्यही मौकामा डोरेले उसको मुख बान्दिन्छ । अनि सरियाले धमाधम कयौँ बार गर्छ यति गोब्छ कि जबसम्म मालिककले प्राण नत्याग्दासम्म हानेको हान्ने गर्छ । मालिक मर्छ उसलाई टुक्राटुक्रा पारेर बोरामा हाल्छ र कोठामा ताला लगाउँछ । त्यो भित्र लेख्छ ! “गोर्खाली बफादार र पहेरेदार मात्र हुँदैनन्, आफ्नो ईज्जतका लागि महाकाल पनि हुन्छन् । मेहनत गरेर खानेहरु आफ्नो ईज्जतलाई प्राण भन्दा प्यारो ठान्छन् । यसले गरेको गलतिको सजाए पनि यसैलाई मिल्यो । “उनीहरु दुबैजना कहाँ गए त्यो कसैलाई थाहा भएन दुई दिनपछि मालिकको लास बोरामा भेट्टिन्छ, तर वास्तबमा सजाय कसलाई मिल्यो । त्यो भने बिचारणिय प्रश्न थियो ।

कथा– छोरीको प्याउटे

आफ्नो बंश चलाउँन छोरा पनि ता चाहिन्छन् ! आखिर यत्रो सम्पत्ति आफ्नो सकेपछि कस्ले खाला ? मुख्याले काजीलाई आफ्नो आपबिती सुनाउँछन् । उनका तिन छोरीहरु पछी एउटा भर्खर छोरा जन्मिएको थियो । त्यसैको खुशिमा आज घरमा भब्य छैंठीको कार्य हुँदैछ ।

मुख्यको सम्पत्ति त्यो गाउँका सबैको बराबर एक्लैको थियो । उ सारै कन्जुस् मान्छे मध्यको भए पनि आज उसले छोराको छैंठीमा कत्ति कसर नछाडि भब्य खर्च गर्दैछ । पुरै गाउँका मान्छेहरुको उपस्थिति थियो । उसले छोरीहरु जन्मिदा कसैलाई जानकारी पनि गराएन । तिन बहिनी छोरीहरु थिए, बिहानै उठेर उनीहरुले घरको सबै काम गर्नु पथ्र्यो । नजिकै सरकारी स्कुलमा पढ्न जान्थे तर नियमित त्यो पनि जान सक्दैनथे घरमा काम भएको बेला उनीहरुलाई घरकै काम गर्नु पथ्र्यो । देखावटी रुपमा भएपनि मान्छेले के भन्लान् भन्ठानेर दुईटी छोरीहरुलाई स्कुल पठाउँथे ।

बिहानै पिस्ने, कुट्ने, पानी ओसार्ने, गाई भैँसीलाई घाँस आदि घरको काम सबै ति छोरीहरुले गर्थे । अहिले पनि छोरी जन्मिएको भए मुख्यले अर्को बिहेको तैयारी गरेकै थियो । छोरा माथिकी कान्छी छोरी तीन बर्षकी थि, त्यो जन्मिदा मुख्य केही दिनसम्म धुरु–धुरु रोएको थियो । पछि मुख्खेनीलाई छोरी जन्माई भनेर मरुन्जेल कुटपिट पनि गर्यो । ठुली र माईली छोरी आमालाई नपिट्नुस् बुबा बरु हामलाई मार्नुस् भन्दै रोएका थिए । बल्लबल्ल त्यो एक महिनाकी सुत्तकेरीलाई पिटेको देख्दा मुख्खेकी बृद्धा आमाले मारे धम्काई छन् र कुट्न भने छाडेको रैछ ।

उ अत्यान्तै रकमी टाईपको ब्यक्ति थियो, गाउँलेहरुलाई पनि समय समयमा ठग्ने डाँड्ने मार्ने काम गर्थ्यो । आफ्ना दुईटी छोरीलाई घरमा नोकर राखेको जस्तै कजाई राख्थ्यो । छोरीहरु पनि भगवान कै देन हुन् घरका लक्ष्मि हुन् भन्दै तीन बहिनी छोरी पछि सुन्दर बाबु जन्मेकोमा बधाई दिए काजीले । एउटी छोरीले भित्रबाट हुक्काको चिलिम बनाएर मुख्यालाई टकार्छीन् । देख्नमा सुन्दर मेहनती देखेपछि काजीले मनमनै आफ्नो छोराको लागि मुख्यले दिएपछि बिबाह गर्ने बिचार गर्छन् । अहिले बल्ल बाह्र बर्षकी कन्या हो, अर्की दश बर्षकी, उनैहरुले सबै घरको काम गर्थे ।

अलि पर एकान्तमा एउटा बुकुरो बनाएको देखेपछी काजीले त्यो नानीलाई छोरी त्यहाँको बस्छ ? भनेर सोध्छन् । त्यहाँ हाम्री दिदी बसेकी थिईन्, त्यो त अङ्कल छाउपडी हो । उसले काजीसँग निर्धक भन्छे । उ भर्खर नौं पुगेर दशमा लागेकी थिई । काजीले त्यो घरको परम्पराको बारेमा बुझ्ने प्रयत्न गर्छन् ।

काजी अलि प्रगतिशिल उद्धारवादी स्वभाबका ब्यक्ति हुन् मुख्यका पुराना साथी उनी पश्चिम तिरका बासिन्दा थिए । यहाँको रहन सहन भिन्दै देखेर आजको यो एक्किसौ शताब्दीमा पनि आफु कतै पछाडि फर्किएको महशुष गर्दै थिए । उनले महिलाको हकहितको पक्षमा सम्झाउने गर्थे तर यहाँ त कागलाई बेल भने झैँ पो रैछ ।

यहाँ महिलाहरुलाई अहिले पनि रजस्वलाको समय छाउगोठमा राख्ने चलन थियो । हुन त नेपाल भरिमा नै अलग बस्ने चलनत छँदैछ ।

छैठीको यो कार्यक्रम सकिए पछि मुख्यसँग बिदा भएर काजी जान्छन्– “नानु मलाई अलि परसम्म बाटो देखाई देउ त ।” भन्दै माईली छोरीलाई सँगै ल्याएका थिए । बाटामा एउटा टपरीमा अक्षेता अनि धजा राखेको देख्छन् । यो के को लागि होला ? उनले आश्चर्या हुँदै सोध्छन् । उनलाई अलिपरसम्म छोड्न आएकी छोरीले अंकल यो तल्ला घरकी बोई बिमारी हुनुहुन्थ्यो हिंजो झाँक्रि बसेका नजिकैको उनकै आफिन्त पर्ने बोक्सी लागिछन् त्यसैले उनलाई भगाउँन धनु लगाएका छन् । ति हेर्नुस् त धनु ! भन्दै एउटा बाँसको लाठि देखाउँ छिन् । यो काजी वास्तबमा उनको नाम थियो, उनी एउटा स्कुलमा प्रध्यापक थिए । यहाँको बाताबरण देखेर उनलाई नेपालको भबिष्यको बारेमा चिन्ता लाग्यो । आज पनि हाम्रो देशमा बोक्सी प्रथा छाउपडी जस्ता सामाजिक कलंक छता छुल्लैछन् । यस्ता स–साना बालबालिकाहरुलाई यस्तो सामाजिक शिक्षाले देशलाई कुन दिशा तिर डोराउला भन्दै मनैमन सोंचेका छन् ।

छोरीहरुलाई कुनै कदर छैन, छोराको सम्मानमा यति ठुलो भोज भतेर छ अनि त्यो बाह्र बर्षकि बच्चिलाई रजस्वालको समयमा त्यो छाउ गोठ छि : कस्तो मानव बिहिन समाज हो यो ? भन्दै मनैमन काजीले त्यो बच्चिलाई खुब पढे छोरी भन्दै बिदा हुन्छन् ।

एका तिर घरको सबै रेखदेख र कामको जिम्मा छोरीलाई अर्को तिर अंश र बशं चलाउँन छोरा न भै नहुने । छोरीलाई आज पनि अपमान अनि सामाजिक बेडीमा जक्डिएर उनको प्रतिभालाई कुण्ठीत पार्ने यो समाज कदापी ठिक हुन सक्दैन, भन्दै गनगन गर्दै अगाडि बढ्छन् ।

लघुकथा– चोर

बजारमा आज हल्लाखल्ला थियो । प्रेमि भन्ने एकजना नेपाली थिए नी ? हो तिनलाई पुलिसले छोपेर लगेछ, भन्ने खबर आएको छ । यदुले आफुलाई कसैले भनेको भन्दै जानकारी गराउँछन् ।

“के कारणले छोपेछ पुलिसले ?” मणिले आश्चर्य प्रकट गर्दै सोध्छन् ।

“खै त्यो कुरा त खासै थाहा भैन, तर बजारमा कुनै दोकानमा चोरी भयो भन्ने कुराछ !”

“हो हो प्रेमीले त्यो बजारमा चौकिदारी गर्थे त्यहाँ चोरी भयो अरे !” अर्काले यदुको कुरा बिचैमा काटेर भन्छ ।

“दिउँसोमा कोठिमा रातिमा चौकिदार गर्दा भुसुक्कै सुतेहोला त्यो मुर्दार भन्दै निदार खुम्चाउँछ !”

“सबै कुरा अनुमान लगाएर मात्रै हुँदैन, बरु एकजना हाम्रो साथि कसरी फसेकोछ त्यसको पत्ता पो लगाउँनु पर्छ ! त्यतिकै बोलेर हुन्छ ।” भन्दै मणिले त्यसको पत्ता गर्न भन्दै हिंड्छन् ।

प्रेमिले बजारमा रातिको चौकिदारी गर्थे उनी एकदम ईमान्दार र सोजा र मेहेनती ब्यक्ति हुन् । उनी सामाजिक सदस्य पनि हुन् । दिउँसोमा पनि कुनै कोठिमा काम गर्थे । यसरी दुईचार हजार कमाएर घरमा पठाउँथे । घरमा पनि उनकी स्वास्नि संधै बिमारी, आखिर खर्च त जेनतेन पुरा गर्नै पर्याे । यहाँ पनि कोठाको भाडा, खाने राशन पानी, आखिर अर्को काम गरेपछि दुई चार हजार भएपनि बच्ला भन्ने उदेश्यले रातिमा चौकिदारी गर्थे । दुईचार हजार बचाउँनै न सकेपछि यो सारा जीवन लाहुरमा बसेको पनि के फाईदा भयो ।

रातिमा एउटा दोकानमा चोरी भएछ र मालिकले चौकिदारको नाममा ठानामा पुलिस कम्पेल्लेन गरेपछि पुलिसले उनलाई छोपेर केरकार पार्दा बिचरा डराएर केहि बोल्न सकेका रैनछन् । एक्लो नेपाली चौकिदारलाई पुलिस प्रशासनको ब्रताब पनि त अलि सखतनै हुन्छ ।

मणिहरुले थाहा पाएपछि अरू धेरै साथिहरुलाई जुटाएर जुन दोकानमा चोरी भएको थियो, त्यो दोकानमा जान्छन् । दोकानमा ताला लगाएको थियो । उनीहरुले यताउता सोधपुच्छ गर्दा त्यो दोकान दुई तिन जनाको पाटनरमा रहेछ र उनीहरु बिच केहि दिनदेखि कुनै बिषयलाई लिएर आपसमा खिंचातानी चलेको उनीहरु बिचको सम्बन्ध अलि बिग्रेको रहेछ ।

यसरी सबै पत्ता गरेपछि जसले ठानामा रिपोट दिएको थियो, त्यसलाई भेटाएर सोधपुछ गर्छन् । पहिले त उ अलि आनाकानी गर्न थाल्छ । जब धेरैको संख्या देख्छ अलि नम्र भएर बोल्छ ।

मणिले पहिले आफ्नो परिचय दिन्छ । अनि बिस्तारै सोध्छ, सर के हजुरको दोकानमा चोरी भएकै हो ?

हो । पक्का चोरी भएरै मैले कम्पेलन गरेको हुँ, उसले भन्छ ।

हजुरको दोकानमा कति पाट्नरहरु हुनु हुन्छ ?

हामी तिन जना पाट्नर हौँ ।

के तपाईहरुको बिचमा केहि मन मुटावा छ ?

यो हाम्रो बिचको कुरा हो ।

के तपाँईको दोकानको ताला तोडेर चोरी भएको छ वा ताला खोलेर ?

ताला खोलेर भएको छ ।

तालाको चाबि कति जानासँग छ त ? मणिले फेरी सोद्छ ।

हामी तिन जनासँग एक–एक चाबी छन । मालिकले अलि अकमक्काउँदै उत्तर दिन्छ ।

मणिले मालिकले दिएको सबै बयानलाई नोट गर्छन्, अनि सबै जिम्मेवार साथीहरु ठानामा जान्छन् ।

पुलिस चौकीमा गएर, सर हाम्रो मान्छे निर्दोष छ, उसलाई छोड्नु पर्यो । मणिले भन्छ ।

कसरी निर्दोष छ यो ? पुलिस अलि चर्केर भन्छ ।

सर दोकानको चोरी ताला तोडेर भएको छैन, बरु ताला खोलेर भएकोछ । यो गरिब चौकिदारलाई छोपनु धम्काउँनु भन्दा बरु त्यो दोकानका तिनै जना पाट्नरहरुलाई के कार पार्ने हो भने त्यो समान उनैहरुको बिचमा फेला पर्न सक्छ । मणिको यो कुराले पुलिस प्रसाशन अलि नम्र पर्छ ।

उसले अलि गम्भिर हुँदै मणि तिर अलि बेर केहि अबलोकन गरे झैँ हेर्छ अनि नजिकैको बेञ्चमा बस्न आग्राह गर्छ ।

मणि भाई तिम्रो कुरामा अलिअलि ता तर्क छ तर रातीमा भएको चोरी दोकानै खोलेर लगेपनि त चौकिदारले ध्यान पुराउँनु पर्ने होईनर ? उसले भन्दै मणितिर पिर्लुक हेर्छ ।

सर हो ! प्रेमिले दोकान खुलेको पनि देखेको रैछ, सटर आधा भन्दा थोरै खुलेको थियो तर उनले को छ भित्र भनेर सोधेनन् । त्यो नसोध्नुको पनि एउटा कारण छ ! केकारण थियो ? मणिको कुरा बिचैमा काटेर सोध्छ । सर रातिको दुई बजे उनीहरुले प्रयाजसो गाडिबाट समान लिएर राख्थे र दोकान बन्द गरेर जान्थे । त्यहि प्रकारले त्यो दिन पनि रातिमा त्यहि बेला दोकान खुला थियो प्रेमिले बजारको चक्र लगाउँदा उनीहरुले ताला लगाएर गैसकेका थिए । ताला खोलेर भित्र पस्ने त मालिकहरुनै हुन सक्छन् । मणिले यति भनेपछि पुलिसहरुले मालिकहरुलाई बोलाएर सोधपुच्छ गर्न थाल्छ । प्रेमिलाई कतै बाहिर नजाने भन्दै छाड् दिन्छ । दुई दिनपछि मालिकहरुलाई केरकार पार्दा समान भेटिएको भनेर जानकारी प्राप्त हुन्छ ।

उनै पाट्नरहरु मध्यको एक जनाले त्यो दोकानको समान चोरेको पत्ता लाग्छ । आखिर प्रवासमा एकता नभएको भए प्रेमिलाई ठुलै संकटआई लागेको थियो जस्लाई ब्यहोर्नु पर्ने थियो । यसरी भँदै नभएको गर्दै नगरेको गलतिको सजाए पनि धेरैले भोगेका हुन सक्छन ।

लघुकथा– मुर्ख

उसले घरलाई एउटा कलब जस्तै बनाएको थियो । एकातिर धनको मात अर्को तिर प्रशासनको प्रमुख पनि आफै थियो ।

प्रसस्तै जमिन भएको सिकन्दरलाई कत्ति डर थिएन, रौबसँग बस्थ्यो । त्यो शहरमा उसको बडो सम्मान हुन्थ्यो ।

तासको बाजि अनि मदिराको मात बिस्तारै चड्दै थियो ।

रातिको लग भग बाह्र बज्यो उस्कि श्रीमति पनि श्रीमानको दिनानु दिनको यो बानि ब्यहाँेराले गर्दा दुखी भएकि थिई । कामका लागि त घरमा प्रस्तै नोकर चाकर थिए । कोई मालि थिए, कोई भान्शे, त कोई धोबी कोई घाँसी । प्रशासनको प्रमुक अनि जमिदार, त्यो शहरमा ठुलो मान्छे मध्यको सिकन्दर नै हो ।

त्यो बेला भारतको प्रत्येक शहरमा चुङ्गि महरुम थिए । त्यसैमा कार्यारत एउटा ग्रेज्युसन तक पढाई गरेको नेपाली युवा रामुले अस्थायी रुपमा काम गर्थे । अफिसरले त्यो बेला अस्थायी कर्मिलाई खास गरेर नेपाली, बिहारी वा गडवालीहरुलाई देखे भने घरको काममा लगाउँने प्रयास गर्थे, आखिर उनैको चल्थ्यो । अब घरमा काम गर्दैन भने पनि जबर्जस्ति नै लगाउँने प्रयत्न गर्थे । एक त अस्थायी त्यस माथि पनि प्रवाशी मजदुर आखिर भनेको न मान्दा बित्तिकै नोकरी छुट्ने डर हुनथ्यो । बिचरा के गरुन ? उनीहरुले पनि बक्तसँग सम्झौता गरेर अगाडि बड्न खोज्थे । त्यस्तै प्रकारले यो रामुले पनि यहाँ सिकन्दरको पासमा काम गथ्र्यो । दिउँसमा चुङ्गिमा त्यहाँबाट छुट्टि भएपछि यसको कोठिमा काम गर्दथ्यो । रामुको पनि सँगै परिवार बस्थिन् । खाना खर्च त्यहि मालिकले दिने गथ्र्यो । दुध साग सब्जी सबै जसो उतैबाट ल्याउँथे । त्यो लालचले पनि उनी त्यहाँ काम गर्थे । यहाँ कहिले रातीको बाह्र एकसम्म बज्थ्यो ।

काम खासै हुँदैन थ्यो तर त्यहाँ सिकन्दरका पाहुना कुरेर बस्नु पथ्र्यो । पाहुना पनि रक्सि पिउँने र तास खेल्ने आउँथे ।

आज पनि राति अबेरा भैसकेको थियो । उनीहरु पुलिसको ठुलो अफिसरसँग बसेर मदिरा पिउँदै तासको बाजि लगाउँदै थिए । रामु भान्शा घरमा भान्शा तैयार गरेर उनीहरुको आदेशको बाटो कुरेर बसेको थियो । उता सिकन्दर कि स्वास्नि आफ्ना दुईवटा बच्चाहरुलाई सुताएर पलङ्गमा एउटा मेग्जिन पढ्दै थिईन् । उनका एउटा छोरा एउटी छोरी सुन्दर बाबु नानी थिए ।

अचानक तास खेल्दा खेल्दै उनी दुबै जना केहि बिषय लाई लिएर तँ तँ म म गर्छन् हेर्दा हेर्दै झग्डा ठुलै हुन्छ । उनीहरु महिनौँ यस्तै खेल्दै खाँदै गर्थे तर झग्डा भएको थिएन । आज भने झग्डा हाथापाईमा बदलिएको थियो । रामु मन मनै सोंच्छ अब कस्लाई बोलाउँने दुबै प्रशासनका प्रमुख मध्यका हुन् । मैडम झग्डा हुँदैछ साहेबको ! रामुले उसको स्वास्निसँग भन्छ । स्वास्निले भने त्यति गौर गर्दैन उसले रामुलाई नै छुडाउ गएर भन्छे ।

सिकन्दर आबेशमा आएर रामु भित्र अल्मारीबाट मेरो पिस्तोल ल्याउ ! भन्दै मालिक उठ्छ । रामु भागेर पिस्तोल निकाल्छ पिस्तोल भरिएको थियो । जस्तै बिस्तोल लिएर आउँछ यहाँ सिकन्दरको अगाडि पिस्तोल तानेर त्यो डिएसपी उभिएको देख्यो । रामुले आबेशमा आएर गोली आफै चालाउँछ । त्यो गोली पुलिस डिएसपीको साप्रामा लाग्छ । उ गोलि लागि सकेपछि पनि उ भाईर आफ्नो कारमा बसेर आफै गाडि चलाएर होस्पिटल पुग्छ र उपचार गराउँछ । सिकन्दरको खिलाफ केस गर्छ । बयानमा रामुले आफै गोली चलाएको कबुल गर्छ ।

अब रामुको त्यो अस्थायी नोकरी पनि गयो जेलमा जानु पर्यो । सिकन्दरको पनि नोकरी जान्छ । आखिरमा त्यो रामुले गोलीनै चलाउँनु किन परेको होला ? आफ्नो पनि परिवार थिए । आफ्नो नभए परिवारको ख्याल गरेर भएपनि यस्तो आबेशमा न आउँनु पर्ने हुन्छ ।

यसरी एउटा नेपाली आफ्नो बहादुरी र बफा दारी देखाउँदा जेलको सजाए काट्छ । यसलाई बहादुरी भन्ने वा मुर्खता ?

रिमाको तिज

तेरो आँसुको बलेनी हेर्न किनेर ल्याईकी होईन मैले ! सम्झिस ! रुन बन्द गर अनि काम धन्दामा जा । ठुलो ज्यु गरेकी मोटी महिलाले चर्को स्वरमा रिमालाई कराउँदै थी । उसको अगाडि उगाल दान थियो । मुखमा पान चबाउँदै बारम्बार त्यो उगालदानमा थुक्दै रिमालाई गालि गर्दै गर्थी, एउटी राक्षेशनी जस्तै महिला थी । त्यो महिलाको नाममा एउटा धब्बा नै थी ।

केहि बर्षदेखि माईती देख्न नपाएकी रिमा आज तिजको मौकामा घर सम्झेर होला आँखाभरी आसुँ बगिरहेको थियो । आजैको यो मनुश दिन त थियो जस्ले रिमको जिन्दगी बर्वाद गर्यो ।

केहि बर्ष पहिले उसलाई प्रेम रोग लागेर एउटा ठग ब्यक्तिसँग बिहे गर्न घरबाट भागेकी रिमालाई आफ्नो यस्तो अबस्था होला भनेर कहिलेई कल्पना पनि गरेकी थिएन । आमा बाले आफ्नो छोरीलाई राम्रो केटो खोज्दै थिए तर उ त्यो ठगेको चक्रब्युमा फसेकि थिई । केही महिनादेखि लुकिलुकी प्रेम गर्थे । उसलाई त्यो ठगेले बिहे गर्छु भनेर लाहुर ल्याए पछि कसैको क्वाटरमा केहि दिन राख्यो अनि आफु फरहार भएको थियो ।

त्यहाँ भएको मान्छेले अरु कुनै दलालको हवाला गर्यो, अहिले कताकताबाट यो दिलसात भन्ने महिलाको हवाला गराएका थिए । पहिले रिमालाई दिल्लिको ब्यस्यालय जिबी रोडमा ल्याए पछि उसलाई मेरठको कबाडी बजार स्थित ब्यस्यालयमा राखे । उसका माल्किनहरु बद्लिदै गए । वास्तबमा उ कति ठाउँ बिकि आफैलाई थाहा थिएन । अहिले यो दिलसात भन्नेले पचास हजारमा किनेर आफुले ल्याएको अहिलेसम्म ब्याज पनि न उठेको भन्दै कराउँदै थिई ।

रिमाको घरपरिवार राम्रो थियो कहिले उसलाई आफ्नो आमा बाले अलि चर्को पनि बोलेका थिएनन् । उ पढेलेखेकी त थिई तर उसको बुद्धि बिवेकले काम गर्न नस्कदा आज यो दुर्गतीमा आई पुगी । रीमा भारत पसेपछि उसलाई यहाँको बोली आउँदैनथ्यो । ठगेले उसलाई आफ्नो मायाँको जालमा फसाएर झुठा प्रलोभन र मिठा सपनाहरु देखाएर भगाएको थियो बिहे पनि उतै गरौ्ला भन्दै ल्यायो केहि दिन आफुले कुनै आफ्नो मान्छे भनेर त्योसँग कोठाको चावी ल्याएको थियो त्यँहि केहि दिन बसे अनि आफु कामको तलासमा जान्छु भनेर गएको त्यो फर्केर आएन । आखिरमा यो उसले आफ्नो मान्छे भन्नेले उसको नजिकैका आफन्ति भनेर जुनघरमा पुरायो त्यो ब्यस्यालय थियो । रिमालाई थाहा नै नभएर उ कयौँपटक बिक्रि भैसकेकी रैछ ।

उता घरमा रिमा मरी सेकि होली भनेर माँया नै मारिसकेका ता थिए । आमा बाले काँ भुल्न सक्थे, छोरीलाई मेला मेसामा त झनै सम्झेर उनीहरुका पनि आँशु छल्किन्थे रुन्थे चिच्चाउँथे तर आवाज कस्ले सुन्ने । रिमाको बा र आमालाई यो तिज वा अरु कुनै पर्व पनि न आए हुनथ्यो भन्थे । आजैको दिन त थियो रिमालाई आमाले नजा भन्दा भन्दै छिट्टै फर्किन्छु भनेर त्यो पिङ डाडामा जान्छु भनेर गएकी तर कहिले फर्किन । उनलाई रिमा कता गई के ले खायो भनेर कत्ति जानकारी भैन । जता कतै खोजे रनबन उ कहाँ भेट्टिन्थी । पुलिसमा पनि रिपोर्ट लेखाए आखिर कतै भएको भए पो भेट्थे उ ता सिमा परीको एउटा ब्यस्यालयको कोठरीमा रुँदै बसेकी थिई ।

कयौँ पल्ट भाग्न खोजी तर सकिन कयौँ पल्ट मर्न खोजी तर मर्न पनि दिएनन् । किनकी उ त एउटा बस्तु बनेकी थिई, बिक्रिका लागि । साहुनीको त्यो पैसा कमाउँने साधन बनाईएकी रिमालाई कस्ले मर्न दिन्थ्यो ? उसलाई ता दिन रात ज्युँदो रहरे मर्नु थियो । त्यो माँयाको चिनो बनेर उसलाई छिया छिया पारेको थियो । बाबा ! उसले रुँदारुँदै भन्छे । मलाई यो नर्कबाट निकाल्नुस बाबा । उ झनै भाबुक हुन्छे आँखाबाट बलिन्द्राधारा आँसु लगातार बग्छन् । तर उसको पुकार कस्ले सुन्थ्यो । रिमा ! जोडसँग दिलसादले कराई्उँछे ! रुन बन्द गर मनहुश भन्दै उ झन जर्किन्छे । रिमालाई कुनै असर हुँदैन, उसलाई आफ्नो यो सरीरसँग कुनै मायाँ छैन । मात्र एक पटक यो नर्कबाट निस्केर आफ्नो बा आमाँसँग हात जोडेर माफि मागेर उनैको काखमा मर्ने सपना देखेकिछ । खै त्यो तिज फेरी कहिले आउँछ रिमाको जस्मा उ त्यो पिङ डाडामा गएर जोडसँग कराउँन सक्छे ए साथी हो आफ्नो आमा र बाले भनेको कहिले नटारे नत्र ठगे जस्ता राक्षेश तिम्रो पाईला खेदिरहेका हुन्छन् ।

लघु कथा : क्रान्तिको लागि

तपाईहरु जस्तो नेक युवाहरुको आज हाम्रो पाल्टीलाई आबस्याक छ, हामीले धेरै भन्दा धेरै पेसेवर जन्माउँनुछ । तब बल्ल क्रान्तिको शंखनाथ गर्न सक्छौँ । कमरेड टोपारामले क्लासको द्वौरान भन्छ । केहि दिनको प्रशिक्षणमा बिभिन्न बिषयमा छलफल चलाउँछन् । यहाँ धेरै युवा युवीतीहरु उस्थित थिए । देशमा अन्याय अत्याचार भ्रष्टचार ब्यबिचारले सिमा नागेको बेला देश भित्र असमानता, जातिय लैङ्गीय बिभेद चरम सिमामा थियो । यहाँ भएको लामो प्रशिक्षणले राम्रो प्रभाब परेर चिन्तनले पेसेवर हुने बिचार गर्यो ।

घरमा चार महिना खान नपुग्ने बारी, बुढी आमा स–साना भाई बैनी अनि भर्खर बिहे गरेको चिन्तनले आफ्नो गर्वबती श्रीमतीको पनि प्रवाह गरेन । उसलाई देशभित्रका तिन करोड नागरिकहरु र सिङ्गो देशको ठुलो चिन्ता थियो । अनि माहोल पनि त्यस्तै बस्तुगत परिस्थितीले उसलाई पार्टीको झोला बोक्न प्रेरित गर्यो अनि उसले झोला बोक्ने अठोट गर्यो ।

बाबु कमाउँने गृस्ति गर्ने बेलामा त पार्टीको पेशेवर भएको सुन्दा अलि ठिक लागेन ! चिन्तनकी आमाले आश्चार्य प्रकट गर्छिन् । उनी अब बृद्धा अबस्थामा छन्, चिन्तन् छोरा तिमी यो घरको ठुलो भएकोले र तिम्रो बुबा पनि नभएकोले तिमी ईनि सबै भाई बैनाका अबिभावक हौं । निश्चै पनि आफ्ना भाई बैनालाई भोकले मार्ने छैनौं । मेरो त के हो अब आजभोली भएको छुँ । आमाले चिन्तनलाई सम्झाउँ छिन् ।

चिन्ता नगर्नुस आमा भाई बैनी अब ठुला भै सकेका छन् । आफ्नो राम्रो नराम्रो बुझ्ने भै सकेका छन् । फेरी आमा हाम्रो समस्या देशको समस्यासँग जोडिएको छ । जबसम्म देशको समस्या समाधान हुँदैन हाम्रो पनि हुन सक्तैन ! चिन्तनले आफ्नो आमालाई सम्झाउँने प्रयात्न गर्छ ।

मलाई छोरा तँलाई जति ठुला कुराहरु गर्न आउँदैन, तिमिलाई जस्तो ठिक लाग्छ त्यही गरे । भन्दै आमा भित्र कोठामा जान्छिन् । चिन्तनको मन मष्तिकमा क्रान्तीको खुमार थियो । उसलाई कसैको कुराले फर्काउँन सक्दैन ।

कमरेड चिन्तन, तपाँई आजदेखि यो क्षेत्रको कमान छोप्नु पर्यो ! टोपारामले भन्छ ।

उ यहाँको ईञ्चार्ज थियो । यहाँ यस सर भन्ने बाहेक अर्को कुरा थिएन । चिन्तनले सरकारी नोकरी भर्खर लागेको छाडेर यो पार्टीमा पेशेवर बनेको थियो । उनी मास्टरको नोकरी लागेका थिए तर जुन ठाउँमा पढाउँथे त्यहाँको सामन्ति समाजले चिन्तनलाई नोकरी गर्न दिएन । उनी दलित समुदायका होनहार युवा थिए । त्यो गाउँ अत्यान्तै रुढीवादी तहको र छुवाछुतमा बिश्वास राख्ने बाहुनहरुको गाउँ थियो । त्यहाँका बच्चा बच्चाले चिन्तनलाई अपमान गर्थे कयौँ, पल्ट उसले सिनियरसँग कुरा गर्यो लेखेर दियो तर उसको कतै सुनाई भैन । उनी दलित भएकै कारण उनलाई त्यहाँबाट नोकरी छाडेर अहिले आन्दोलनमा लागेको चिन्तनलाई जातिय मुद्धाको अन्त्य गर्नु प्रथम प्राथमिकता थियो । साथै नौलोजनवादी क्रान्तिका लागि बर्ग संघर्षको आन्दोलन उठाउँने उदेश्यले चिन्तनले पार्टी राम्रो सुदृढ गर्नु पर्ने देख्छ र लगातार पार्टीको जिम्मा बहन गर्दै हिंडेको हुन्छ ।

पार्टीको लागि उसले ठुलो संघर्ष पनि गर्छ । पार्टी भित्र त्यो टाउको हल्लाउँनेहरुलाई तिमी क्रान्ति गर्न चाहान्छौ भने टाउको होईन हल्लाउँने वास्तबमा पार्टीले लिएको बाटोलाई अध्ययन र मुल्यांकन गर्नुपर्छ । चिन्तनको यो बिचारले पार्टी भित्रको संघर्षलाई मद्त मिल्छ ।

पार्टीले बिस्तारै उसलाई जिम्मा दिन्छ । चिन्तनकी आमा बिमारी थिईन् राम्रो औषधी उपचार नपाएरै मरिन् । पार्टीले सशस्त्र शंघर्ष सुरु गर्छ । पार्टी भित्र आभारा भिड जुड्दै जान्छ । चिन्तनका भाईहरुलाई चिन्तनको गतिबिधीले गर्दा प्रशासनले हिरासतमा लिन्छ । बैनीलाई प्रतिकृयावादका गुण्डाहरुले अपहर्ण गर्छन् । एक महिना पछि उसको पनि लास भेट्टिन्छ । चिन्तनको श्रीमती दिन रात अर्काको काम गरेर त्यो चिन्तन र उसको छोरालाई हुर्काउन उसले गाउँ छाडेर प्रवासमा जान्छे । त्यहीं उसलाई एउटा स्कुलमा भर्ना गर्छे । बिना बाउको सन्तानलाई मान्छेले कोखे नजरले हेर्छन् स्वानिलाई पनि धेरैले आँखा गाडन थाल्छन् । उसले प्रसाशनको डरले आफ्नो लोग्ने कतै बिदेश गएको बताउँछे । यता चिन्तनको पार्टीले गलत बाटो छोपेको जस्तै चिन्तनले महेशुस गर्छ । अनि त्यो पार्टी लाईनको बिरुद्धमा संघर्ष गर्न थाल्छ, चिन्तनको बिद्रोहलाई देखेपछि पार्टीको नेतृत्वले चिन्तनलाई अनिश्चित कालका लागि कार्वाही गर्छ । अब चिन्तनले के पायो र के हरायो ? यसको भरपाई कस्ले गर्ने ? आखिर चिन्तनको सर्वस्व सकियो भाईहरु अलपत्र छन् । श्रीमती र बच्चा पनि कता छन् चिन्तनलाई थाहा छैन, आमाको अत्यान्तै आर्थिक संकट सहँदा सहँदै बिना उपचार मृत्यु भयो । बैनीको त्यो बलत्कार पछि हत्या भएको लाश फेला पर्यो । चिन्तनले क्रान्तिको लागि सर्वस्व दाउँमा लगायो ।

आज देशको अबस्था उस्तै छ । चिन्तनका सपना उस्तै छन् । बद्ल्यो त सरकारमा शासकहरु फेरीए टोपारामहरु मन्त्रि बने तर अबस्था उस्तै छ । चिन्तनले क्रान्तिको लागि के के बलि चडायो हिसाब गरेर साध्य छैन । क्रान्तिको आज पनि आबस्याकता उस्तै छ, देश र जनतालाई । जातिय लैङ्गिय बिभेद उस्तै छ । चिन्तनमा अब त्यो जोस जाँगर रहेन तर पनि उसले जनतासँग आफ्नो बर्गसँग भएको धोखाको बारेमा जनतालाई आफ्नो कथा सुनाएर बताउँदै छ, क्रान्तिको लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *