क्रान्तिको गफ मिठा हुन्छन् तर त्यो निकै कठिन र जटिल मोडबाट गुज्रिन्छ

  •   
  •  
  •  
  •  
  •  
  •  

485 जनाले पढ्नु भयो ।

देशभित्र क्रान्तिकारी आन्दोलनको खाँचो आमूल परिवर्तन नहुँदासम्म रहिरहन्छ यो सास्वत सत्य हो । तर अहिले देशको अबस्था जुन रुपमाछ यो अबस्थामा कसैले बन्दुक पड्काउँने गफ लगाउँछ भने त्यो फगत गफ मात्र हुन्छ । न त अहिलेको अबस्थामा देशमा सशस्त्र संघर्ष सफल हुने अवस्था छ, न आत्मगत अवस्था ।

देशभित्र क्रान्तिको बस्तुगत अबस्था भए पनि यसका अनेक जटिलताहरुछन् । जसमा प्रथम समस्या छिमेकी हो । भोगौलिक रुपमा हाम्रो देश दुई शक्तिशालि देशहरुको माझमा अबस्थित छ । यो दुबै हाम्रो देशको लागि गुरुत्वाकर्षणको काम गरेकाछन् भन्न मिल्छ । भारत र चीनको आपसि तनातनी र बिचमा रहेको हाम्रो देश अत्यन्तै संबेदनशिल अबस्थामा छ ।

जहिले पनि साम्राज्यावादी शक्तिहरुले आकारमण गर्ने बहाना चाहिएको हुन्छ । हाम्रो थोरै पनि गलत राजनीतिक बच्कानापनले उनीहरुलाई बहाना आक्रमण गर्ने मिल्नेछ । शान्ति सेना पठाएर आतङ्कारीलाई तह लगाउँने बहानामा हाम्रा शन्तानलाई भुट्न बेर लगाउँनेछैन । यो बारेमा कयौँ पल्ट छर्लङ्गै भैसकेको छ ।

देशमा जति पल्ट गृहयुध्द चलेको हुन्छ छिमेकिले त्यहि बहानामा देशभित्र घुस्ने चलखेल गर्ने योजनाहरु बनाएको हुन्छ । यस्तो धेरै पहिले देखि हुँदै आएको थियो । देशमा बढि चलखेल माओवादीहरुको कथित जनयुद्ध ताका भयो । खुल्लम खुल्ला देशलाई आफ्नो अधिनस्त राख्ने योजनाहरु बन्दै गए । माओवादीहरुले त्यो बेला बाह्र बुँदे समझ्दारी हुँदा बुँदा नं तिनलाई टेकेर भारतीय रोहबरमा संबिधान बनाउँने षड्यन्त्रनै थियो । जनताले त्यसको बिरोध गरे पनि अन्तर्राष्ट्रिय भरपर्दो संस्थाको निगरानीलाई पास गरेर देशभित्र बिदेशिहरुको हश्तक्षेपको ढोका खोलेका थिए ।

माओवादी जनयुद्ध क्रान्तिकारी बिचारधाराले लैस थिएन तर जो युवाहरुलाई मराए उनीहरु मध्य धेरै क्रान्तिकारी बिचारले लेश थिए । उनीहरुलाई गाईड गर्नेहरु अवसरबाद थिए भन्नेकुरा अहिले दिनको घाम जस्तै भएको छ । तर हामीले त्यो बेलामानै भनेका थियौँ । माओवादीको जनयुद्ध उग्रवामपन्थि भड्काव हो । त्यसले देशलाई गलत दिशा तिर डोराउँनेछ । आखिर त्यहि भयो देशलाई बर्गिय आन्दोलनको बाटोबाट जातिय आन्दोलन तर्फ डोराए ।

अहिले उनै बाबुराम भट्टराई र पुष्पकमल दहाल हुन देशलाई संघीयतामा डोराएर बिखण्डन गर्ने । अँझ जनताको सजगताले देशलाई जातीय संघीयता तर्फ जानबाट रोक्यो । यदि जातीय संघीयतामा देश गएको भए के हुने थियो ? अहिलेसम्म गृहयुद्ध जातीय लडाईले देश समाप्त हुनेथ्यो । त्यो जातीय संघीयतालाई पाखा लगाउन सकियो ।

अहिले ति नेताहरुको अबस्था कस्तो छ ? कसैले प्रधानमन्त्री खाएर जनता पार्टी बनाएकाछन्, कोई बहुदलिए जनवाद नै आफ्नो माझिएको र खारिएको बताउँछन् । उनीहरुको बिचारमा मदन भण्डारीले भने जस्तै बहुदलीए जनवाद नै नयाँ जनवाद हो । अब उनले गर्ने समाजवादी क्रान्तिहो । यद्यपी देश अहिले पनि अर्धसामन्ति र अर्ध औपनेबेशिक अबस्थाबाट निस्किन सकेको छैन । यसरी यिनि नेताहरुले झुठको खेति गरेर जनतामा भ्रम छरेर सत्तासिन हुन चाहन्छन् ।

हामीले देशलाई आत्मनिर्भर बनाएर आफ्ना खुट्टाले उभिने गराउँने खाँचोछ । अहिले देशमा उत्पादन छैन । देशले सियोबाट सिरकसम्म आयात गर्छ । देशमा साधन श्रोत नभएको होईन, तर त्यो कांचो बस्तुलाई तैयार पार्ने नियत छैन । परिणाम काँचो समान लिएर रद्धिको भाउमा बेच्न बाध्य छ । त्यही तैयार पारेपछि ठुलो मुल्य चुकाएर खरिद गर्नुपर्छ । यदी देशमा एउटा शहरमा राम्रो कारखाना हुन्थ्यो भने त्यो ठाउँका नागरिकहरुले रोजगार पनि पाउँथे । देशमा बस्तु निर्माण पनि हुनेथ्यो । उनै नेपाली जनताले आफ्नै देशको बस्तुलाई बिदेशमा सपारेर तिखारेर त्यो चिजलाई उनैले महंगो भाउमा किन्नु पर्दा देशको ठुलो धनरासी फिजुल खर्चमा सकिंदै आएको छ । त्यो नसकेको होईन, बिदेशी ईसारामा नगरेको हो । किन भने हाम्रो देशमा जहिले पनि बिदेशी शक्तिहरुको दलाली गरेर रमाउँनेहरुको राज हुँदै आयो ।

देशमा कुनै सम्झौता गर्नलाई तछाड मछाड गर्छन तर उद्दोग लगाउनलाई मौन हुन्छन् । अहिले देशमा कोरोना महामारीबाट अझैपनि मुक्ति मिलेकोछैन । संसारले दोस्रो पल्ट खोफ लगाएर सिधाए । हाम्रो देशमा पहिलो चरणको डोज अझै पनि पुगेको छैन । अब यही खोपको विषय नै चुनावी मुद्धा हुनेछ ।

आफुलाई समर्थन गरेको नेतालाई उपचार खर्च भनेर एक करोड अरु थप्छु भन्ने प्रधानमन्त्रिको मिडियामा समाचार आएकोछ । जनतालाई एउटा खोफको लागि बिहानदेखि लाईन लागेर खोफ नलगाईकन फिर्ता जानुपर्छ । त्यही देशका नेताहरु करोडौं खर्च गरेर बिदेशमा उपचार गर्छन् । जसले पनि देशको सत्तालाई स्याह्र्यो उसले आफुलाई देशको तानाशाह शासक सम्झिनथाल्छ किन ? यो देशमा गणतन्त्र आएपछि त सबै नागरिक समान हुुनुपर्ने होईनर ? अंझै पनि त्यो राणाकालिन ब्यबस्था जिउँदैछ ? वा आफुलाई उनैका बन्धुभाई सम्झिन्छन नेताहरुले ।

कुनै उपाए लाईन भने सत्ता बाहिर बसेकाले बिभिन्न दाउँ पेच लगाएर सत्तामा बसेकालाई उनका खुट्टा तान्छन् । आफुलाई क्रान्तिकारी भनेर जनतामा साथ सहयोग माग्न जान्छन् । चर्का र अतिरञ्जित क्रान्तिकारीहरु नारा लगाएर जनताको आँखामा छारो हाल्न सबै सिपालुछन् । अनि मेरोदेशका जनताहरुको बिशाल हृदय भएकोले झ्यास्सै माफ पनि गर्छन् । अचम्म लाग्छ यो देशको जनता र नेताहरुको ब्यबहार देख्दा । कसैले बिरोधका लागि बिरोध गर्छन् उनीहरुले मात्र गुण हेर्छन् मात्रा हेर्दैनन् । आफुलाई क्रान्तिकारी देखाउँन चर्काचर्का कुरा लेखेर आफ्नै खुट्टामा बञ्चराले हान्छन् ।

ओलीको कदमलाई तानाशाही र प्रतिगामी त देख्छन् तर त्यसलाई हटाउन खोज्दैनन् । जस्तो भए पनि त्यो रातो झण्डामा ढाकिएको चोखो भन्छन् । यस्तो छ, देशको शिक्षित बर्ग भनाउँदाहरुको अबस्था अरु कस्ता होलान ? बुझ्न गारो हुन्छ । आफुलाई कम्युनिष्ट पनि भन्छन् तर कम्युनिष्टको बिचार पनि लागु गर्न सक्दैनन् । मात्र क्रान्तिकारी नारा लगाए पछि क्रान्ति सम्पन्न हुन्छर ? अहिले देशभक्तहरुको एकताले देशको संविधानलाई संस्थागत गर्दै संविधानमा भएका कमि कम्जोरीहरुलाई हटाउन प्रयात्नशिल रहनुपर्छ । बिना कामैका देश र गणन्त्रमा आउने खललका कृयाकलापहरुबाट आफुलाई जोगाउँनु पर्छ ।

२६ जुलाई २०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *