क.फ्रेडरिख एगेल्सको बारेमा

सुरेशकुमार पाण्डे

कम्युनिष्ट पार्टिको अध्यायन गर्दा का. फ्रेडरिक एंगेल्सको अध्ययन बिना अपुरो र अधुरो हुन्छ । आजको कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा पुगेको बेला का. एंगेल्सको जीवनीले क्रान्तिकारी नयाँ पुस्तालाई प्रेणा दिनेछ भन्ने हेतुले यो शंक्षिप्त लेख लेखिएको छ ।
२८ नोभेम्बर सन १८२० मा जर्मनि मै जन्मिनु भएका एंगेल्सको पनि कम्युनिष्ट उत्थान र आन्दोलनमा महत्वपुर्ण योगदान छ ।

कार्ल हेनरिक माक्र्सको जनम ५ मे सन १८१८ मा भएको थियो, त्यसकारण एक बर्ष केहि मैनाले एंगेल्स कान्छा छन् । एउटा त्यो बेलाका धनी घरमा जन्मिएर आजीवन गरिब बर्गको हितमा संघर्ष गर्दै आए । उनको बाबा (जस्को नाम फ्रेडरीख एंगेल्सनै थियो) एउटा कारखानाको मालिक थिए ।

एंगेल्स पाठशालाको प्राथमिक शिक्षा हासिल गरिसके पछि एल्बाकेंट क्याम्पसमा भर्ना भए, तर कतिपय घराईसी कामले उनले बिच मै पढाई छोड्नु प¥यो । सन १८३८ मा उनी एउटा ब्यापारिक सँस्थानमा नोकरी गर्न थाले । विद्यार्थि जीवनमा नै एंगेल्स त्यहाँको निरंकुश साशन प्रणालिको बिरुद्ध थिए त्यो ब्यबस्था परिबर्तनका प्रेमी थिए ।

त्यसैले उनलाई त्यो बेला हेगेलका बिचारले प्रभाव पा¥यो । उनी हेगेलको एउटा तरुण दलमा सामेल भए र अगाडि बढ्ने क्रममा हेगेलको द्वौन्दवादी सिद्धान्तलाई मन पराए पनि आदर्शवादी अबधारणालाई ठाडै अस्विकार गरे । सन १८४१ मा बार्लिनको एउटा तोप खानामा भर्ना भए, युद्ध कला सम्बन्धि ज्ञान त्यहाँबाट हासिल गरिसके पछि एंगेल्स मेन्चेस्टरमा गई आफ्नो बाबाकै कारखानामा काम गर्न थाले ।


कार्ल माक्र्सले एंगेल्सको सहयोग बारे उनलाई लेखेको एउटा पत्रमा यसरी भन्छन् “तिमि नभएको भए मैले मात्रै यि कामहरु गर्न सक्दैनथे, मेरो लागि तिमिले आफ्नो प्रतिभालाई बेकार बनाउँदै कारखानाको निष्सादिँदो बातावरणमा थुन्निन पुग्यो ।”

एंगेल्सलाई माक्र्सले जस्तै आर्थिक दरिद्रताको सामना गर्न त परेन तर पनि उनी मज्दुरहरुको दयानीय अबस्थाबाट धेरै चिन्तित हुन्थे । मज्दुर बर्गले आफ्नो मुक्तिको बाटो आफै बनाउन सक्नु पर्छ र मात्र उनीहरु आफ्नो हकहितको रक्षागर्न सक्नेछन् भन्ने उनको बिचार थियो । “बेलायतका मज्दुरहरुको अबस्था” नामक आफ्नो प्रसिद्ध पुस्तक प्रकाशित गराए, त्यो सरल भाषामा लेखिएको पुस्तकले सर्वहारा आन्दोलनमा ठुलो प्रभाव पा¥यो ।

उनले चार्टिस्ट आन्दोलनका नेताहरुसँग सम्पर्क गरि अगाडि बढ्ने कर्ममा कार्ल माक्र्सका बिचारहरुद्वारा प्रभावित भए । उनले तुरुन्तै कार्ल माक्र्सलाई पत्र लेखेर सम्पर्क गरे । नियमित पत्रचार भैनै रह्यो, जसले गर्दा एकआर्काको बिचार आदान प्रदान भयो । तर उनीहरु बिच प्रत्यक्ष भेट भने पेरिसमा सन १८४४ मा हुन सक्यो । पेरिसमा केहि दिनसँगै बस्दा उनीहरु दुबैको प्रयसबाट “पबित्र परिवार” नामको पुष्तक लेखियो । त्यो पुष्तकमा बादेरका भ्रामिक सिद्धान्तको खण्डन गर्दै क्रान्तिकारी भौतिकवादी ब्याख्यान गरेका छन् । एंगेल्सले पछि आफ्नो ब्यबसायलाई छाडेर सन १८४७ मा पेरिस गए र माक्र्ससँगै ब्रुशेल्स गए र मज्दुर बर्गको हितमा उनको मुक्तिको अभियानमा जुटे ।

उनीहरु कम्युनिष्ट “लीग” नामक सँस्थाले दिएको जिम्मानुसार त्यसैको घोषणा पत्र तैयार पार्ने काममा दुबै जना जुटे, जस्को परिणाम कम्युनिष्ट पार्टिको घोषणा पत्र आज विश्वब्यापि रुपमा फैलिएको छ, त्यो त्यही कार्ल माक्र्स र एंगेल्सको योगको मिश्रण नै मान्नु पर्दछ ।

उनीहरुको यो महान र ऐतिहासिक सहकार्याको परिणाम आज संसार भरिका मज्दुर श्रमजिविहरुलाई एउटै झाण्डा मुनी ल्याउँन र आफ्नो मुक्तिको बाटोमा हिँड्न प्रेरित गरेको छ । त्यो घोषणा पत्रलाई ब्यबहारमा उतारेर विश्वमा सर्वप्रथाम रुसका जनताहरुले लेनिन (२२ अप्रेल १८७० – जनवरी २१ , १९२४)को नेतृत्वमा महान अक्टुबर समाजवादी क्रान्ति १९१७ मा सम्पन्न गरेर देखाए । परिणाम दुनियाँ भरिमा यसले ठुलो प्रभाव पार्यो । चीनमा माओत्सेतुङ (२६ दिसम्वर १८९३ –९ सितम्बर १९७६) को नेतृत्वमा नयाँ जनवादी क्रान्ति सन १९४९ मा सम्पन्न पारेर देखाए । यसरी भियतनाम, क्यूवा लगायतका तमाम मुलुकहरुमा क्रान्ति सम्पन्न भए । कयौँ मुलुकहरुमा त्यसको अभ्यास भयो र हुँदैछ ।

जति बेल कम्युनिष्ट पार्टिको खोषणा पत्र बाहिर आयो, त्यो बेला जर्मनिमा पनि क्रान्तिकारी उभार आएको थियो । फ्रांसको राजधानी पेरिसमा पनि मज्दुर बर्गले सत्ता पहिलो पल्ट आफ्नो आत्मा ल्याएका थिए, तर त्यो ब्यबस्था ७१ दिन पछि पतन भयो । विश्वका पुँजिपतिहरुले मज्दुरको राज आउस भनेर सोँच्नै सक्दैनन् । उनीहरुको गुमेको स्वर्ग खोस्न सक्यासम्म जोड लगाउँने गर्छन् ।
जर्मनिको त्यो क्रान्तिकारी गतिबिधिलाई टेवा दिन त्यहाँको वस्तुगत अबस्थालाई हेरेर उनी क्रान्तिलाई सहयोग पुराउने उदेश्यले जर्मन फर्के तर उनका गतिबिधीमा त्यहाँको प्रतिकृयावादी सरकारका सिआइडीहरुले चेवा गर्दै थिए । त्यसकारण उनी स्विट्जरलैण्डको बाटो मेनचेस्टर गए र पुन कारखखनामा काम गर्न थाले ।

त्यो बेला माक्र्सको आर्थिक अबस्था ठिक नभएकोले माक्र्सलाई आर्थिक सहयोग पठाउँने गर्थे । कार्ल माक्र्सले एंगेल्सको सहयोग बारे उनलाई लेखेको एउटा पत्रमा यसरी भन्छन् “तिमि नभएको भए मैले मात्रै यि कामहरु गर्न सक्दैनथे, मेरो लागि तिमिले आफ्नो प्रतिभालाई बेकार बनाउँदै कारखानाको निष्सादिँदो बातावरणमा थुन्निन पुग्यो ।”

माक्र्स बेलायतमा रहँदा एंगेल्स मेनचेस्टरमा बसेका भय पनि दैनिकरुपमा सम्पर्क बैचारिक आदान प्रदान हुन्थ्यो । पछि १८७० मा आफ्नो सम्पत्ति बेचेर एंगेल्स पनि लण्डनमा गएर माक्र्ससँगै बस्न थाले । उनीहरुको बिचमा गाढा मित्रता हुनुमा दुबै जनाको बैचारिक मेलनै हो । एंगेल्स असाधारण विद्वान भए पनि माक्र्सलाई गुरु मान्दथे, माक्र्सको काममा एंगेल्सको सँधै नै सहयोग रह्यो ।

माक्र्सले स्वयम् पनि एंगेल्ससँग सल्हा गरेर काम गथ्र्यो । साँच्चै भन्नु पर्दा माक्र्सवादी सिद्धान्त दुबैको योग नै हो भन्न सक्किन्छ । माक्र्सको मृत्यु (१४ मार्च १८८३) पछि एंगेल्सले नै बैज्ञानिक समाजवादको ब्याख्या गरे । माक्र्सका अधुरा कामहरु पुरा गरे, कार्ल माक्र्सद्वारा लेखिएको महान कृति “पुँजी” को दोस्रो र तेस्रो खण्ड उनैले प्रकाशित गरे । भन्निन्छ चौथो खण्ड पनि टिपोट र बिष्लेषणहरु ब्यबस्थित क्रम दिएर उनैले तैयार परेका थिए । परिवार नीजि सम्पति र राज्य सत्ताको उत्पति, समाजवाद कालपनिक र बैज्ञानिक तथा ड्युहरिङमत खण्डन, जस्ता ऐतिहासिक कृतिहरुले उनको बिज्ञतालाई प्रष्टाएका छन् ।

आर्को तर्फ उनको जीवनलाई अध्यायन गर्दा एउटा धनी घरबाट पनि क्रान्तिकारी ब्याक्तिको जन्म हुन्छ भन्ने कुरा बुझ्न मुस्किल पर्दैन । यसरी आजीवन समाजवादी आन्दोलनमा माक्र्सवादी बैज्ञानिकको प्रचारमा माक्र्सका अधुरा कामलाई पुरा गर्दै ७५ वर्षको उमेरमा ६मे १८९५ मा उनको पनि लण्डन मै मृत्यु भएको थियो । तर दुनियाँ भरीमा आज पनि उनी जिवित नै छन् र गरिखाने बर्गको लागि उनी एउटा प्रेणाको श्रोत बनेका छन् ।
२७ नोभेम्बर २०१९

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार