खाद्यान्न बजारमा भीषण आगलागी, कम्तीमा ३५ को मृत्यु

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

519 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली, २२ मंसिर । भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसी रोडमा रहेको ’अनाज मण्डी’ (खाद्यान्न बजार)मा भएको भीषण आगलागी हुँदा कम्तीमा ३५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार आगलागी भएको स्थानबाट ५० जना बढीको उद्धार गरिएको छ ।

आइतबार बिहानै भएको आगलागी नियन्त्रणमा आइसकेको र सुरक्षा निकायका अधिकारीहरु आगलागीको कारण पत्ता लगाउनका लागि जुटेकको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सो क्षेत्रमा २५ वटा दमकल खटाइएको थियो । साघुँरो गल्लीमा आगलागी भएका कारण पनि उद्धार तथा आगो नियन्त्रण गर्न समस्या परेको अग्नी नियन्त्रकहरुले जानकारी दिएका छन् । अग्लो घरमा कागज र कपासका गद्दाहरु जलेका कारण धेरै धुँवा निस्किएको र त्यसैका कारण पनि धेरै हताहत भएको उनीहरुको दाबी थियो ।
कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *