खै हाम्रो सरकार ?

  •   
  •  
  •  
  •  
  •  
  •  

417 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

नेपालीहरु आफ्नै देशमा रोजगार नपाएर भारत लगायत विश्वका विभिन्न मुलुकहरुमा आ–आफ्नो पौरख तुच्छ कामका लागि न्युनतम ज्यालामा पोखेका छन् । यहि काम आफ्नै देशमा पाएको भए को जान्थ्यो ? यस्तै काम भए पनि आफ्नो देश मै मिलोस आफ्नो भबिष्य नारकिय भए पनि छोरा नातिहरुलाई देशमै रोजगार मिलोस बिदेश आउँन नपरोस् भन्ने उदेश्यले लाखौं लाख प्रवाशी नेपालीहरु संघर्ष हुन्छन् र अहिले पनि छन् ।

ईतिहासमा देशको जहानिया राणाको शासन फालेपछि पनि त्यस्तै प्रकारको राजको निरंकुश शासन ब्यबस्थाले जनतामा हालिमोहालि गर्यो । जनताले त्यो तानाशाहि ब्यबस्था पनि मिल्काए । तर बिडम्वना नै भनौं जनता कै बीचमा आन्दोलन भित्रै पसेर आन्दोलनको बागडोर छोप्न सफल भएका मौकाप्रस्तहरुको हातमा सत्ता पुग्यो परिणमा जनतालाई माछोमाछो भ्यागुतो गराए ।

जनताले सदैभरी राष्ट्रियता जनतन्त्र र जनजिबिकाको लागि संघर्ष गर्छन् । ज्यानको आहूति दिन्छन्, परिणाम तानाशाही ब्यबस्थाले घुँडा टेक्छ तर अवसरबादले आफ्नो पोल्टामा पारेर आफुले फाइदा उठाउँछन् । सरकारमा ब्यक्ति बद्लिन्छन् पार्टी बदलिन्छन् तर ब्यबस्था चाहिं उस्तै रहिरहन्छ । करिब साडे छ दशकसम्म नेपाली जनता बलिदानीपूर्ण संघर्षको परिणाम ईतिहासमा पहिलो पल्ट नेपाली जनताले संबिधानसभाद्वारा संबिधानको निर्माण गर्न धेरै संघर्षबाट सफल भए तर त्यो संबिधानलाई पहिले अबशान गरियो । पछि जसरी तसरी संबिधानको चुनाव भएपनि त्यसलाई बद्नाम गर्न र देशको अस्तित्व नै नामेट पार्न संघीयतालाई घुसाईयो । यो वास्तबमा देश तथा जनता दुबैका लागि नै अत्यान्तै घातक त थियो नै, स्वयं संबिधानसभा समेतलाई अपसकुन थियो ।

जो कुनै पनि कालखण्डमा नेपाली जनताका माग पनि थिएन । संघीयता अखण्ड देशलाई टुक्राउँने बिदेशीहरुको हतियार नै थियो । अहिले पनि संघीयताले त्यहि काम गर्दै आएको प्रष्ट देखिन्छ । देशमा आठवटा सरकार ९ संसद र ८८४ सांसद छन् । ७७ जिल्ला, महानगर ६, उप महनगरपालिका ११, गाउँपालिका ४६०, जम्मा नगर पालिका २७६, यहि देशमा भएको बिकास हो । आयश्रोत रेमिटेन्स र जनतामा लगाएको कुखुरा समेतको कर अरु केहि छैन । देशलाई नाङ्गेझार पार्न न्वरानसम्मको बल प्रयोग भएको छ ।

देशभित्र पहिले प्रतिकृयावादीहरुको सरकार हुँदा देशमा बिकास भएन, बिदेशी चलखेल बढेर गयो, युवा शक्तिहरु प्रवासमा छन्, राष्ट्रघाति संधि सम्झौताहरु बढ्दै गए, बिदेशी अतिक्रमण पनि बढ्यो भनेर जनताले त्यस ब्यबस्थालाई उखलेर फाले अनि आफुलाई कम्युनिष्ट भनेर नथाक्ने त्यो पनि २०२८को झापामा जसको जोत उसैको पोत भनेर बिद्रोह गरेका र २०५२ सालबाट दश बर्षसम्म जंगलमा बसेर सत्रहजार नेपाली मारेर नयाँ जनवादी ब्यबस्था ल्याउँन खोजेकाहरुलाई नेपाली जनताले दुई तिहाई मत दिएर सरकारमा आशिन गराए तर के पाए ? आज हेर्नुस् त देशभित्रमा भ्रष्टचार, बलात्कार, महंगी आदि ब्याप्त छ भने बिदेशमा जनता अलपत्र छन् ।

कोही खाडिका मुलुकहरुमा बन्दि जीवन यापन गरेका छन् भने लाखौंलाख श्रमजिवी भारतको काश्मिरदेखि कन्याकुमारी र बंगालको खाडिसम्म नारकिय जीवन बिताउन बाध्य छन् । के सरकारलाई थाहा छ, भारतमा बसेका लाखौँलाख नेपाली श्रमजिविहरुको अबस्था कस्तो छ ? अहिले बिगतको दिन भन्दा पनि जटिल अबस्था आएको छ । सामन्य दैनिक ज्यालामा काम गर्नेहरु, होटेल ढाबा, स–साना कारखानामा मजदुरी गर्नेहरु, काम नपाएर बिबाह पार्टिका बेटर, कुक आदि बनेर काम गर्नेहरु, रिक्सा अटो चालकहरु भारतमा लकडाउन पछि सड्कमा आए । अब कँहा जाने के खाने कहाँ बस्ने ? सरकारको गलतिको सजाय उनीहरुले पाएका छन् । कम्तिमा सरकारले उनीहरुलाई एक साता पहिले यो दिनभित्रमा नआए बोर्डर बन्द हुन्छ भनेर समेत चेताएको भए अहिलेको यो अबस्था श्रृजना हुँदैनथ्यो । उनीहरुलाई देश भित्राएर छुट्टै कोरिन्टेनमा राख्न सकिन्थ्यो, सरकारले त्यसो गरेन । भारतमा ताला बन्द भयो परिणाम आम मजदुर अलपत्र परे । जहाँ संगठित छन् वा संगठन बलियो छ, त्यहाँ संगठनले कुनैन कुनैरुपमा सहयोग पुराएको छ । जहाँ असंगठित छन् त्यहाँका मजदुरहरुको अबस्था दयनिय बन्दै गयको छ । भारतमा रहेका मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायत कतिपय संगठनहरुले सामाजिक कार्यका लागि हात बढाएका छन् तर सरकारको कुनै दायीत्व वा भुमिका हुनु पर्दैन ? केवल चुनावको बेला उपयोग गर्ने मात्र हो ? चाहिँदाको भाँडो न चाहिंदाको ठाडो गराएर नेपाली नागरिकहरुको भबिस्यसँग खेल्ने ?

भारतमा अभानेएसले आफ्नो स्थपना काल सन १९७९ देखि भारतस्थित नेपालीहरुको उत्थानका लागि उनीहरुको हकहितको पक्षमा आवाज उठाउँदै आएकोछ । कम्तिमा यो अबस्थामा भारतस्थित नेपालीहरुको देखरेख गर्ने जिम्मेवारी त सरकारको हुँनु पथ्र्यो तर सरकार कहाँ छ ? हाम्रो त्यो कसैलाई थाहा नै छैन । नेपालीहरु दिनहुँ बिमारी भएर मरेका छन् । दिल्लीमा भएको नेपाली दूतावासको कर्तब्य के हो त्यो पनि थाहा छैन । परिणाम मरिसके पछि पनि नेपालीहरुलाई आफ्नो देशको माटो समेत नशिव भएन ।

आफुलाई कम्युनिष्ट भनेर चिनाउँने सरकारलाई थाहा छैन उनको बर्ग के हो ? उनीहरुले अमेरिका, जापान, चीनमा भएका आफ्ना आफन्तहरु, ब्यापारी, धनीहरुको खोजबिन गर्छन् तर भारत लगायतका खाडि मुलुकहरुमा आम नेपालीहरुको अबस्थामा उनीहरुको चासो भएको जस्तो देखिंदैन ।

भोली २२ अप्रेलका ब्लादिमिर ईल्याईचको जन्म दिन साथै नेकपाको स्थापना दिबस उनीहरुले आ–आफ्नो रंगसालामा मनाएर संदेश पठाउँदा यो संदेश पनि जाओस् बिदेशमा नेपाली जनता सरकार बिहिन भएको अबस्था छ । कोही महाकाली नदिमा हामफालेर मर्दैछन्, कोही गास, बास बिना कालको संघारमा छन्, कसैलाई मरेपछि पनि देशको माटो मिल्दैन । यस्तो भयाभव अबस्था छ देशका श्रमजिवि बर्गको । कम्तिमा कम्युनिष्टको आबरणलाई प्रयोग गरेर कम्युनिष्टका जरा त नकाट ।

२१ अप्रेल २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *