खोजी कार्यमा सहयोग गरौं

चेन्नई । जैमिनी नगरपालिका वाड नं ६ अर्जेवा कुवाखानी निबासी गंबीर बिकका छोरा झलक बिक (राजु) मानसिक असन्तुलनका कारण रेलमा अलपत्र परिरहेका छन् ।

निज झलक बिक केरला राज्यको त्रिभान्ड्रेम शहरको एक होटलमा जागीर गर्दै थिए । छुट्टी मनाउन नेपाल गएका झलक छुट्टी सकेर केरला तिर फर्कने दौरानमा २६ जनवरी २०२० का दिन गोरखपुरदेखि राप्तिसागर ट्रेनद्वारा त्रिभान्डे«म तर्फ जाँदै गर्दा आन्ध्रा प्रदेशको बिजयवडा आइपुग्दा मानसिक सन्तुलन गुमाउन पुगेको र ट्रेनबाट झरेको प्रत्यक्ष दर्शिहरु बताउँछन् । त्यस्तो अवस्थामा कल्कत्ता तर्फ जाने गाडीमा चढेको र उनीसँग ठण्टडछढद्दघछढ नंबरको फोन रहेको उनका साथीहरु बताउँछन् ।

फोन गरे उठाउने तर आफु रहेको स्थान बताउन नसक्ने, सहि कुरा समेत गर्न नसक्ने, नजिकको मानिसलाई मानिससँगको बुझ्दा तेलुङगो भाषीसँग जानकारी लिंदा उनी आन्ध्रा प्रदेशको राजमुन्द्री भन्ने ठाउँमा रहेको पत्ता लागेको छ ।

उनै तेलुगु भाषीसँग कुरा गरि झलक बिकलाई नजिकको पोलीस स्टेशनमा लगेर बुजाउन अनुरोध गर्दा नमानेको जानकारी खुल्न आएको छ । एलुरका राजमुन्द्री र विसाखापटिनम नजीक साथीहरू राजकुमार रायमाझी र शिवराजसँग सम्पर्क गरि खोज कार्यमा सहयोगको अपील गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार