गजल : कठिन देखिन्छ

  • राम प्रसाद गैरे, पाल्पाली

बर्ग संघर्षबाट मन्जिल नजिक देखिन्छ
भोको पेट भर्ने चिन्तन वैज्ञानिक देखिन्छ ।

अब बुझ्नै पर्छ मुक्तिकामी योद्धाहरुले
आजको श्रमिक भोलिको मालिक देखिन्छ ।

व्यक्तिगत उत्पादन प्रणाली कै कारण
हेर त्यहाँ शोषित बर्ग अत्याधिक देखिन्छ ।

गाउँ भन्दा शहरमा मजदुर धेरै हुन्छ
त्यसैले श्रमिकको अबस्था कठिन देखिन्छ ।

सरकारको नीति कार्यकर्म उत्तम हुँदा
त्यहाँ श्रमिकको जीवन व्यवहारिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार