गजल : के भनौ

  • सुरेशकुमार पाण्डे

कथित कम्युनिष्टहरुले पुँजिवाद मन पराए पछि के भनौ,
क्रान्तिकारी युवालाई घरको नघाटको गराए पछि के भनौ ।

नयाँ जनवादी क्रान्तिको नाउमा शहिदको खेति गरे पछि,
शिखर चडि सदियौँलाई आफुले धन भराए पछि के भनौ ।

सोध जस्को छोरा मारियो जोडा मरियो भाई दाई मारियो,
अन्तिममा आफ्नै माथि दुष्ट बनेर ऊ कराए पछि के भनौ ।

उनिता मरेरै गए जो यो देशको भलो चाहान्थे सधै भरी नै,
सुरुङ खन्नेहरु साम्राज्यवादी पर्छाईले डराए पछि के भनौ ।

उता एनआरसीले प्रहार गरेकोछ यता एमसीसी पस्के,
बिदेशी हुकुमत भित्राएर गुलामिलाई सराए पछि के भनौ ।

केका लागि थियो त्यो सात दशकदेखि रातो लिवाश भन,
बम र बारुद्धले सिधासादा जनतालाई मराए पछि के भनौ ।

गरिबलाई लिस्नो बनाएर सरकारमा पुग्नेहरु अनउत्तर छन्,
उनी ता ढिड भएको छ तर आफ्नो मुटु चाराए पछि के भनौ।

८ मार्च २०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार