गजल : परदेशमा को आउँछ ?
1879 जनाले पढ्नु भयो ।
केशव गाहा (पाल्पाली)
देखाउन त भविष्यले आशा देखाउँछ
तर विगतले सम्झाई सम्झाई रुवाउँछ
बेदनाहरुको आँधीमा दुःखको भूमरीमा
गरीबले देख्ने सपना कताकता बिलाउँछ
हुने खानेकै लागि हो रैछ जिन्दगी उपहार
नहुनेलाई जिन्दगीले बारम्बार झुक्याउँछ
ठगेर खाने ति फटाहालाई यश छ यहाँ
मेहनत गर्ने मजदुर भोकले छट्पटाउँछ
देशमा विकास छैन घरमा चुलो बल्दैन
नत्र देश छोडेर परदेशमा को आउँछ ।।