गजल

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

186 जनाले पढ्नु भयो ।

धनवीर पुन

मलमलको च्यादरले ढाकेको आबरु पुइँकीले उडायो
अभिलाषाले चुलिएको ख्वाब, अर्कैको मथिंगलले उडायो ।

महत्वाकांक्षा, उच्चाकांक्षा, अभिलाषा, पदलोलुपता तिम्रै हुन्
प्रतिशोधले भरिएको भाव, रुग्ण तिम्रै अहङकारले उडायो ।

निमेकीहरुका चक्षुलाई दिउँसै तमस पार्ने तिम्रो कोशिस्
आफ्नैलाई उच्छेदन गर्ने तिम्रो स्वाव, खहरेले छिनमै उडायो ।

आहा ! तिक्ष्ण थिए तिम्रा आभा, आश लाग्दो थियो
भित्रभित्रै पारहुने तिम्रो स्वपनिल नाव, आवेगले उडायो ।

सुन्छु : घरघर चाहार्दै, चक्राउँदै, माग्दैछौ रे बास
नसुनाउ तिम्रो बेशुरा राग, मगन्तेको झुंझुनाले उडायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *