गजल

केशव गाहा (पाल्पाली)

मुटु पठाउँछन् आफ्नो धड्कन पठाउँछन्
खाडीबाट युवाहरू अक्सिजन पठाउँछन्

सरकार न मद्दत पठाउँछ न कुनै राहत
नेताले त केवल गुलिया भाषण पठाउँछन्

परिवारको भोक मेटाउन युवाहरूले
खुन पसिना जलाएर थोरै धन पठाउँछन्

कस्तो अछुत महामारी हो! आफन्त मर्दा
न त भेट्न पाउँछन् न कफन पठाउँछन्

देशका गरीब निमुखालाई गाँस बास छैन
नेताले छोराछोरी पढ्न लन्डन पठाउँछन्

बेरोजगारीले पीडÞित ति युवाहरूलाई
साउदी दुबई कतार ओमन पठाउँछन्

देश सधै भरी भ्रष्टाचारी कै मुठ्ठीमा रह्यो
खै कहिले देश चलाउन सज्जन पठाउँछन् ।
।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार