गजल : MCC खोज्दै छन् ढाँटेर


सुरेशकुमार पाण्डे

MCC पास गराउँन खोजेकोछ ढाँटेर सरकारले,
ठुला–ठुला मञ्चमा चिल्ला भाषण छाँटेर सरकारले ।

हे जनता ल्याउँन खोजेकोछ देशमा अंग्रेजी हुकुमत,
पचपन्न करोड डालरसँग देशलाई साटेर सरकारले ।

आफै रोजौँ समाजवाद तिर जानेकि साम्राज्यावाद,
राष्ट्रघात गर्नेछहै जनता आपसमा फाटेर सरकारले ।

किन चाहियो देश नै भाड्ने साम्राज्यावादी अनुदान,
जुट्छ धन डिफाल्टरसँग असुल्न आँटेर सरकारले ।

सदियौँ देशलाई जोगायौँ अखण्ड राख्न ज्यान दिई,
टुक्रा पार्याे आस्था नै सात प्रदेशमा बाँटेर सरकारले ।

युवाशक्ति धमाधम हिँड्दै छन् देशलाई छाडेर हेर,
देशमा रोजगार दिनलाई सधै भरी नाटेर सरकारले ।

एकिकरण गर्दाको ईतिहाश हेर कति शहिद भएछन्,
उनको अपमान गर्दैछ देश कित्तामा काटेर सरकारले ।
२२ फरवरी २०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार