गणतन्त्र आए पनि शासकको मानसिकतामा परिवर्तन आउन सकेन : भट्ट

  •   
  •  
  •  
  •  
  •  
  •  

774 जनाले पढ्नु भयो ।

हैदरावाद भारत । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देशमा गणतन्त्र आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेका बताउनु भएको छ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदरावाद नगर समितिको आयोजना शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा धारणा राख्दै महासचिव भट्टले गणतन्त्रमा झन् धेरै राजाहरु उत्पत्ति भएको बताउनु भयो । महासचिव भट्टले व्यवस्था परिवर्तन भएपनि शासकहरुको मानसिकता पुरानै रहेका कारण गणतन्त्रको अनुभूति हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी, अधिनायकवादी तथा असंवैधानिक कदमका कारण २०६२–६३ सालको ऐतिहासिक जनान्दोलनका उपलब्धि गुम्ने अवस्थामा पुगेको उहाँको भनाई थियो । त्यसका साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुगेको बताउनुभयो ।

‘ओली सरकार गणतन्त्रका विरुद्ध राजावादी शक्ति तथा भारत सितको मिलेमतो गरिरहेको छ । प्रतिगामी तथा विदेशी शक्तिहरु गणतन्त्रलाई सिध्याएर हिन्दु राज्य स्थापना गर्न चाहान्छन’ उहाँले भन्नुभयो, ‘प्रतिगमनका विरुद्ध सामाजिक सन्जालमा भ्रम पार्ने, संघर्षलाई कमजोर पार्ने का भइरहेको छ । गणतन्त्र आए पनि शासकहरुको मानसिकतामा परिवर्तन हुन नसक्दा जनताले एउटा राजाको ठाउँमा अझ धेरै राजा भएको अनुभूति गरिरहेका छन् ।’

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनालले एकता समाजको पृष्ठभूमि तथा एकता सामाजको वर्तमान अवस्थाको बारेमा स्पष्ट पार्नुभएको थियो । यस्तै, मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले संगठनमा अनुशासनको महत्त्वबारे प्रशिक्षण दिनु भएको थियो ।

विभिन्न नगर र एरिया समितिबाट मूल प्रवाहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा संगठनका केन्द्रीय सचिव प्रेम पौडेल, वैकल्पिक केन्द्रीय सदस्य खिम बहादुर विक र फूलबिना पौडेलकोसमेत आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *