गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह

  •   
  •  
  •  
  •  
  •  
  •  

2581 जनाले पढ्नु भयो ।

जनकराज पौडेल,

दक्षिण भारत । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले संसद पुनर्स्थापनाका लागि राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न आयोजनामा गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले २०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरुबीचको एकतामा जोड दिनुभएको हो ।

महामन्त्री सिंहले ओली सरकारको पछिल्लो संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमन उन्मूख सो कदमलाई रोक्न र गणतन्त्र, राष्ट्रियता तथा धर्म निपेक्षताको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै आन्दोलन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सिंहले क्रान्तीकारि कोणबाट पनि रणनिति र कार्यनीति कार्यक्रम निश्चित गर्न असफल कतिपय वामपन्थी शक्तिहरुबाट समेत गणतन्त्र र संविधानप्रति प्रहार हुने गरेको भन्दै त्यस प्रकारका सोचाइले अन्ततः प्रतिगमनलाई नै सहयोग पुग्ने स्पष्ट पार्नु भयो ।

‘अहिलेको गणतन्त्र वुर्जुवा प्रकारको गणतन्त्र हो । यसले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन’ सिंहले भन्नुभयो, ‘यद्यपि विभिन्न जनआन्दोलन र शहिदहरुका बलिदान त्यागले प्राप्त अधिकारहरु गुम्ने अवस्थामा यसको रक्षा गर्दै अघि बढ्नुपर्छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले नेपालका सत्तासिन पार्टीहरुलाई विदेशीले आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गर्दै आएको उल्लेख गर्दै संसद विघटनको घटनामासमेत विदेशी शक्तिहरुको हात रहेको स्पष्ट पार्नुभयो । उहाँले नेताहरुका सम्झौतापरस्त प्रवृतिका कारण देश सधैँ राजनीतिक अस्थिरतामा फस्दै आएको बताउनुभयो ।

वामपन्थी नेता आनन्द शर्माले कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा (मसाल) ले विगतदेखि नै गणतन्त्र, धर्मनिपेक्षता जोखिममा रहेको भन्ने विश्लेषण सहि रहेको र घटनाक्रमले मसालको विश्लेषण पुष्टी गरेको बताउनुभयो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, सल्लाहकार तथा नेपाली एकता पत्रिकाका सहसम्पादक धरवीर पुन, सचिव प्रेम पौडेल, सदस्य भगवति कुवँर, मदन शर्मा, चोवनाथ शर्मा, मदन भण्डारी, मोहराज चालिसे, सल्लाकार तथा दक्षिण भारत पेशेवर नेता केवि थापाको आतिथ्यता रहेको थियो ।

महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सदस्य धर्मराज शर्माले स्वागत गर्नु भएको थियो भने क्षेत्रीय समितिका सहसचिव रा सिंह विकले धन्यबाद प्रकट गर्नु भएको थियो ।

राष्टिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गरेको ‘ओली सरकारको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकबाद कदम विरुद्ध संघर्ष गरौं, गणतन्त्र, राष्ट्रियता र धर्मनिपेक्षताको रक्षा गरौं भन्ने मूल नारासहितको विरोध कार्यक्रमप्रति एेक्यबद्धता जाहेर गर्दै मूल प्रवाहले भारतब्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । त्यसै सन्दर्भमा सो भर्चुअल कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *