गण्डकी सरकारलाई समर्थन वा विरोध गुण र दोषका आधारमा : पियारी थापा

  •   
  •  
  •  
  •  
  •  
  •  

338 जनाले पढ्नु भयो ।

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफल गर्दै सांसद थापाले पोखरेललाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो ।

उहाँले नयाँ सरकार जनताबाट चुनिएको र गठबन्धनबाट म्यान्डेट पाएको बताउनुभयो । गुण र दोषको आधारमा नयाँ सरकारलाई समर्थन वा विरोध गर्ने आफ्नो पार्टीको नीति रहेको भन्दै उहाँले सरकारलाई कार्यकाल सफलताको कामना पनि गर्नुभयो ।

अहिलेको सरकारलाई मुख्य ४ वटा गहन जिम्मेवारी रहेको उहाँको भनाइ थियो । यो सरकारले प्रदेशका सम्पूर्ण जनतालाई कोभिड खोपको व्यवस्था, बाढीपहिरोमा परेकालाई राहत, विस्थापितलाई पुनरुत्थान, कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगार योजना, लोकतान्त्रिक विधि पद्धतिको विषयमा संघ सरकारको पहरेदारको रूपमा रहनुपर्ने उहाँले बताउनुभयो ।

जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले एक महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधानअनुसार आज मत माग्नुभएको हो ।

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काङ्ग्रेस, माओवादी–केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता–समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछि सभामा सांसद कायम सङ्ख्या ५९ छ ।

मुख्यमन्त्रीलाई काङ्ग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *