गलकोटका ६३ वर्षीय खत्री एक वर्षदेखि सम्पर्कविहीन

2138 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

चंडीगढ़। बाग्लुङको गल्कोट नगरपालिका–७ मल्म निवासी ६३ वर्षीय लोकबहादुर खत्री एक वर्षदेखि सम्पर्कविहीन भएका छन् । पछिल्लो पटक नयाँ दिल्लीमा देखिएका खत्रीको अहिलेसम्म कुनै खबर नआएको भन्दै खोजी गरिदिन परिवारले अनुरोध गरेका छन् ।

खत्री २०७६ असार ३ गते बुटवल प्रदेश अस्पतालमा उपचारको लागि जान्छु भनि हिँडेकोमा सोही दिन बुटवलको ट्राफिक चौकदेखि परिवारसँग सम्पर्कहीन बनेको पारिवारिक स्रोतले जनाएको छ ।

त्यसको केही दिनमै उनलाई दिल्ली बसपार्कमा आफ्नै गाउँलेले देखेका थिए । त्यस क्रममा उनले आफू अमृतसर गोल्डन टेम्पलसम्म जान्छु बताएको परिवारका सदस्य बताउँछन् ।

खत्री भारतको दिल्ली, मुम्बई, पंजाव, वा सुरततिर भएको आशंका गरिएको छ । उनलाई कहीँ कतै भेटिएमा थमन बहादुर खत्रीलाई ००९७७–९८४११२२८२६ वा ९८६०३४६८२९ मा खबर गरिदिनु परिवारले अनुरोध गरेको छ । फेला परेमा जानकारी दिने व्याक्तिलाई उचित ईनाम पनि दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *