गुजरातको किममा मूल प्रवाहको नगर समिति पुनर्गठन

किम, गुजरात २१ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत किम नगर समितिका अधिकांश सदस्यहरु स्वदेश जानभएकोले पुनर्गठन भेला सम्पन्न पारिएको छ ।

जगत शाहीको सञ्चालन, कृष्ण अधिकारीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सुमन तमाङ्गले स्वागत गर्नुभएको थियो ।

भेलाले कृष्ण अधिकारको अध्यक्षतामा किम नगर समिति पुनर्गठन गरेको छ । जसमा : उपाध्यक्ष– मन्दिर तमाङ्ग, सचिव– जगत शाही, सहसचिव– सुमन तमाङ्ग, कोषाध्यक्ष– प्रेम तमाङ्ग रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमाः सीता शाही, सीता खनाल, तेज रेग्मी, पुर्ण खनाल, पर्वत तमाङ्ग, जीवन शाही, बैकल्पिक सदस्य सीता मुखिया र गङ्गा रेग्मी रहनुभएको छ । त्यस्तै भेलाले आशिष राई, टेक राना र रेखा रानालाई सल्लाकार चयन गरेको छ ।

नयाँ समितिलाई क्षेत्रीय अध्यक्ष वेद बहादुर काकीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार