गुजरातको भुज शहरमा नगर समिति पुनर्गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

754 जनाले पढ्नु भयो ।

भुज, १ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत गुजरातको कछ–भुज जिल्लाको भुज शहरमा महासचिव ठाकुर खनाल र केन्द्रीय सचीव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थितिमा नगर प्रशिक्षणात्मक एवं संगठानिक भेला सम्पन्न भएको छ । उक्त भेलाले भुज नगर समितिको पुनर्गठन गरेको छ ।

भेला विनोद भट्टराईको अध्यक्षता र प्रकाश बोटेलको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई दान बहादुर मल्लले स्वागत गर्नुभएको थियो ।

भेलामा महासचिव ठाकुर खनालले राजनैतिक प्रशिक्षण दिनुभएको थियो । सचिव बेदबहादुर कार्कीले संगठनको बारेमा प्रकाश पार्नु भएको थियो ।

भेलाले विनोद भट्टराईको अध्यक्षतामा १३ पूर्ण २ बैकल्पिक र २ सल्लाहकार सहित १७ सदस्यीय भुज नगर समितिको पुनर्गठन गरेको छ । जस्माः उपाध्यक्ष– दान बहादुर मल्ल, सचिव– प्रकाश बोटेल, सहसचिव– कपेन्द्र शाही, कोषाध्यक्ष– विजय चलाउने रहनुभएको छ ।

सदस्यहरुमा ः भिम बहादुर दुबराकोटी, देवेन्द्र रावल, मनोज सोनी, प्रेम बटाला, धिरज सिंह, हिरा प्रसाद खनाल, अक्कल प्रसाद खनाल, केशव बिक, बैकल्पिक सदस्यमा रमेश बराल र मनसरा बोटेल रहनुभएको छ । समितिमा शारदा उपाध्याय र लक्ष्मी देवी मल्ल सल्लाहकारमा चयन हुनुभएको छ ।

नयाँ समितिलाई महासचिव ठाकुर खनाल र सचिव बेदबहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *