गुजरातमा धमाधम श्रमजिवी नेपालीहरु मूल प्रवाहको झण्डामुनी गोलबन्द हुँदै

साणद, २० जुलाई । भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा गुजरातस्थित नेपाली श्रमजिवीहरु धमाधम गोलबन्द हुँदै गइरहेका छन् ।

केन्द्रीय सचिव बेद बहादुर काकी र केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष पहल तथा उपस्थितिमा सो संगठन अभियान सञ्चालन गरिएको हो । बेद बहादुर कार्कीले हामीलाई दिनुभएको जानकारी अनुसार पाँच दिनको अबधिमा ५ वटा नगर समितिहरु र एउटा एरिया समिति गठन गरिएरको छ ।

आज २० जुलाई २०२१ को साणद स्थित नेपालीहरु बीच सन्तोष सोनीको सञ्चालन र शुभास सोनीको अध्यक्षतामा अघि बढेको भेलामा सहभागिहरुलाई पदम सोनीको स्वागत मन्तव्य दिनुभएको थियो ।

जसमा : अध्यक्ष– शुभास सोनी, उपाध्यक्ष– श्याम लाल गिरी, सचिव– सन्तोष सोनी, सहसचिव– संगीता सोनी, कोषाध्यक्ष– पदम सोनी, सदस्यहरुमाः पदम सोनी, गणेश सोनी, बिर्जन सोनी, गोराङ्ग सोनी, नरबहादुर घर्ती मगर, राकेस सोनी, रमेश सोनी, सुनिल सुनार, शंकर सुनार, सञ्जय सोनी वैकल्पिक सदस्यमाः सन्तोस सोनी ख, कमल मल्ल ठकुरी, निम बहादुर थापा सल्लाकार सदस्यमा प्रकाश बिष्ट, सपना सुनार र तेजबहादुर बिष्ट रहनुभएको छ ।

नयाँ समितिलाई गोविन्द बहादुर थापा र बेद बहादुर कार्कीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार