गुटबन्दी गर्दैनन् क्रान्तिकारीहरु

केशव गाहा (पाल्पाली)

निष्पक्ष हुन्छन् पक्षपात गर्दैनन् क्रान्तिकारी
आफ्नै माथि कुठाराघात गर्दैनन् क्रान्तिकारी

मार्क्सवाद लेनिनवाद माओबिचारा बोकेर
गलत दृष्टिकोणमा विवाद गर्दैनन् क्रान्तिकारी

बसेर छलफल गर्छन् सही निष्कर्ष निकाल्छन्
लुकेर गुटबन्दी रातारात गर्दैनन् क्रान्तिकारी

आफ्नै पसिनाले बनाएको घर भत्काउन
दुश्मनसँग साँठगाँठ गर्दैनन् क्रान्तिकारी

क्रान्तिको लागि ज्यानको बाजी लगाएर हिँड्छन्
सिद्धान्त भुलेर उन्माद गर्दैनन् क्रान्तिकारी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार