गुल्मीका घनश्याम भण्डारीको दिल्लीमा दुःखद निधन

9300 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली, १८ सेप्टेम्बर । गुल्मी रुरु गाउँपालिका ५ बम्घाका घनश्याम भण्डारीको दिल्लीमा दुःखद निधन भएको छ । उनी हाल दिल्ली इस्ट अफ कैलाशमा नोकरी गर्ने र गोविन्द पुरीमा डेरा गरि बस्द थिए । भण्डारी सिकिस्त बिमारी भइ असाहय अवस्था निजको भतिजो टोप प्रकाश भुसालले ३१ अगस्तका दिन बेहोश अवस्थामा दिल्ली अखिल भारत आयुर्वीज्ञान संस्थान (एम्स)अस्पतालको आपतकालीन वार्डमा भर्ना गराएका थिए ।

उनलाई के कस्तो अवस्थामा बिमारी भन्ने बारे अस्पताले समेत प्रमाणित गर्न सकेको थिएन । बाहिरी कुनै चोट पटक नभएको भण्डारीलाई अस्पताल प्रशासनले शंकास्पद स्थिति भनि पुलिस केस समेत गराएको थियो ।

कुनै औषधिको रियक्सन या अन्य कुनै जहरको प्रभावको शंका गरिएता पनि समान्य जाँच एक्सरे आदिको परिक्षणमा सन्तोष जनक अवस्था नदेखिएकोले टाउकोको सिटी स्क्यान गरिएको थियो । त्यसमा आन्तरिक रक्तश्राव भएकोले ३ सेप्टेम्बरका दिन अपरेशन समेत गरिएको थियो ।

उनको उपाचारको दौरानमा मृतकका भतिजा टोप प्रकाश भुसाल र नातेदार रामकृष्ण पंथले दिन–रात सेवा गरेका थिए भने भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका का.वा. महासचिव ठाकुर खनाल, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले समय समयमा भेटघाट, कानुनी एवं प्रशासनिक प्रक्रिया मिलाउन आवश्यकतानुसार नेपालमा समवन्य गर्न सकृय भुमिका निर्वाह गर्नु भएको थियोे ।

अस्पतालले ४ युनिट रगतको आवश्यकता देखाएको हुँदा ठाकुर खनाल, रामकृष्ण पंथ, माणिक शर्मा र एक जना भारतीय डोनर दिब्यांस पोपलीले रक्तदान गर्नु भएको थियो । डाक्टरहरुको अनेकन प्रयत्नको बावजुद १६ सेप्टेम्बर २०२० को दिन उनको दुःखद निधन भएको छ ।

मृत भण्डारीको शवको १८ सेप्टेम्बरका दिन दिल्लीको निगम बोध गाटमा दाहसंस्कार गरिएको छ । कोरोना वाइरसको महामारी भयत्रासको वावजुद दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका का.वा. महासचिव ठाकुर खनाल, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे, नयाँ दिल्ली नगर समितिका मन बहादुर पुन र बालकृष्ण पुन, नातेदार टोप प्रकाश भुसाल, रामकृष्ण पंथ, थानेश्वर भण्डारी, विष्णु पाण्डे, साथी मान सिंह र सहकर्मी धनन्जयको उपस्थित रहेको थियो ।

बिमारी घनश्याम भण्डारीको सहयोगको लागि क्षेत्रीय सहसचिव शिव केसी, ओखला नगर सदस्य रिम जीएम र श्याम थापाले पनि भेटी सहयोग गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *