गुल्मी हुलको दुर्घटनाको यथार्थ विवरण

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

299 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

गुल्मी जिल्ला, इस्मा गाउँपालिका ४ हुल भन्ने स्थानमा आज विहानै लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उक्त दर्दनाक घटनाको सत्यतथ्य वुझ्न हामीले घटनास्थलमा रहेका केही व्यक्तीत्वहरुसँग फोन सम्वाद गरेका थियौं ।

रामराज्य माध्यामिक विद्यालयका प्र.अ. लालबहादुर कुवरसँग जानकारी लिने प्रयास गर्यौं तर प्राविधिक कारणले कुरा हुन सकेन । घटनास्थलमा वहासँगै घटनास्थलमा रहनु भएका मानप्रसाद अधिकारीसँग यथार्थ विवरण लिएका छौ ।

“विहान करिव ८ वजे सदरमुकाम तम्घास जानका लागि इस्मा गाउँपालिका ४ हुलबाट लु १ ज ११६६ जिप हिडने भनि स्टाट गरेकै समय गाडि अगाडि बढानु भन्दा पछाडी नै हटेको र घुम्तीको तल्लोबाटोमा खस्यो” प्रत्यक्षदर्शि अधिकारीले भने ।

त्यहाँबाट चालक र सहचालक ढोका खोलेर बाहिरिए तर बाहिरिएका अन्य दुइजना भने हाम्फालको वा चालकद्धारा नै ढोका खोलिएको हुनसक्ने अनुमान गरिएको मानप्रसाद अधिकारीको भनाइ छ ।

दुर्घटनामा परि अहिलेसम्म इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षिय शिव दर्लामी, ३० बर्षिय बसन्त दर्लामी, ३३ बर्षिय धन बहादुर अछामी, मालिका गाउँपालिका– ५ का ८० बर्षिय सुन्दरी थापाको घटना स्थलमा नै र इस्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । यसरी अहिलेसम्म ६ जनाको निधन भएको छ ।

त्यसैगरि २८ बर्षिय सरस्वति दर्लामीलाई चोट र सहचालक २५ बर्षीय कमल धितानको हात भाजिएको जनाइएको भने चालक बुद्ध बस्नेत सकुसल रहेका छन् । गाडि ५०० देखि ६०० मिटर तल खसेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *