गोविन्द ढकालाई मूल प्रवाहद्वारा उपचार सयोग

  •   
  •  
  •  
  •  
  •  
  •  

106 जनाले पढ्नु भयो ।

कोटीप्रसाद पोख्रेल,
चेन्नई पुर्ब । रोडक्रस गर्दा मोटरसाइकलले हानी देब्रे खुट्टा फ्याक्चर भएका गोविन्द ढकाललाई उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले आर्थिक सहयोग गरेको छ ।

कालिगण्डकी गाउँपालिका ३ कोरेङ गुल्मी निवासी कलाधर ढकालका छोरा ५७ बर्षीय गोबिन्द ढकाल चेन्नईको प्रेमगुडी ईलेक्ट्रो माक्र्स कम्पनीमा कार्यरत छन् । उनलाई १४ ओक्टुबरका दिन रोडक्रस गर्दा मोटरसाइकलले हानी देब्रे खुट्टा फ्याक्चर भएको तर उनको आर्थिक समस्यालाई मध्यनजर गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले आर्थिक सहयोग गरेको हो ।

नगर समितिका उपाध्यक्ष ओमकान्त शर्मा र नगर समितिका सदस्य दयाराम बिकको पहलम गोल्डन बिच एरिया समितिका कार्यकर्ताहरुबाट रु. १९५० (एक हजार नौ सय पचास) आर्थिक संकलन गरि हो । एरिया सदस्य श्रीमती चन्द्र कला बिकले सो रकम हस्ताक्षण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *