गौरवपूर्ण ४ दशक पुरा गरेका छौं

  •   
  •  
  •  
  •  
  •  
  •  

1250 जनाले पढ्नु भयो ।

दुर्गाबहादुर केसी,, अध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

भारतमा दुई थरी नेपालीहरु छन् । प्रथम, ३१ डिसेम्बर १८१६ को अंग्रेज र नेपाल सरकार बीच भएको सुगौली संधी जस्का कारण नेपालको ठूलो भू–भाग अंग्रेजको कब्जामा आयो र भू–भागमा बसोबास गर्ने नेपालीहरु पनि भू–भाग सहित अंग्रेजी हुकुमतका अधिनस्त भए । यहि असमान संधीले नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुर्‍यायो । भारतबाट १५ अगस्त १९४७ को व्रिटिस साम्राज्यको अन्त पछि भारतीय नागरिक बने । द्वितीय, ३१ जुलाई १९५० मा नेपाल भारत शान्ति तथा मैत्री संधीद्वारा प्रदत्त अधिकार अनुसार आवत जावत गर्ने नेपाली जो प्रवासी नेपाली हुन् । भारत सरकार र भारतका राज्य सरकारहरुले यी दुबै खाले नेपालीहरुलाई एउटै नजरियाले हेर्ने गर्दछन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समाज यो ७ नोभेम्बरदेखि ४० औं वर्षमा प्रवेश गरेको छ, एकता समाजको विगत र वर्तमान बारे बताई दिनु होस् न ?

– १९७९ मा चिर कालरात्री जस्तै पञ्चाती व्यवस्था रहेको अवस्था थियो । त्यो समयमा नेपाली जनताहरु कैयौं अधिकारबाट कुंठित र बंचित थिए । तर वर्तमान अवस्था भने आफ्नो अभिव्यक्ति प्रकट गर्न पाउने, सभा सम्मेलन, गर्न पाउने लगायतको अधिकारमा पुगेको हो । भारतस्थित नेपालीहरुको अवस्थाका बारेमा बताउन पर्दा हामी भारतस्थित नेपालीहरुको मात्र होइन, भारत लगायत तेश्रो राष्ट्रमा गएका नेपाली समुदायहरुमा समेत राजनीतिक, सामाजिक रुपमा विकास भएको पाउनु हुन्छ । एकता समाजको स्थापना कालमा नेपालीहरुको राजनीतिक, सामाजिक क्षमतामा विकास भएको थिएन । हाम्रो देशको आर्थिक अवस्था कमजोर हुनुको कारण हामी विदेशिन वाध्य भएका छौं भन्ने जानकारी समेत त्यतिवेलाका आम नेपालीहरुमा थिएन । जब भारतमा आएका नेपालीहरुको बारेमा तत्कालिन अखिल भारत नेपाली एकता समाजले सचेत गराउादै गयो । आज आएर भारतमा मात्र होइन, तेश्रो राष्ट्रहरुमा समेत नेपालीहरु बीच एकता कायम गर्दै समाजले अभिभावकिय भूमिका निर्वाह गर्दै आएको छ । यो ४० वर्षको अवधिमा हामीले भारत प्रवासमा कैयौं महत्वपूर्ण उपलब्धिहरु गरेका छौं । प्रवासमा रहेका नेपालीहरु माझ सामाजिक भावनाको विकास गराउनुका साथसाथै स्वदेशमा हुने जनतन्त्र तथा न्यायीक आन्दोलनहरुमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छौं । विगतमा हामीले सामाजिक कामलाई अधिक ध्यान दिनुका साथसाथै देशको प्रजातान्त्रिक आन्दोलनका तर्फ आम श्रमजिवीहरु बीच संगठित आन्दोलन बढाउादै आएका थियौं । २०६२–६३ को जनआन्दोलनले नेपाली जनतालाई एक हदसम्मको अधिकार दिएको छ, हाल त्यसै अधिकारमाथि टेकेर हाम्रा आफ्ना मागहरुलाई अगाडि बढाउादै आएका छौं । एक प्रकारले भन्नु पर्दा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजनीतिक, सामाजिक, आर्थिक, शोषण, दमन, अन्याय अत्याचार लगायतका विषयहरुमा चिन्तन, मनन् गर्ने, छलफल गर्ने त्यस विषयमा आफूलाई स्थापित गराउने सम्मको पहल गर्दै आएको ।

हजुर एकता समाजको केन्द्रीय अध्यक्षको हैसितले भन्नु पर्दा सामाजिक संगठन कि राजनीतिक ?

– एकता समाज सामाजिक संगठन नै हो, तर कुनै पनि संगठनमा कुनै न कुनै राजनीतिक पार्टीको प्रभाव पर्नुलाई स्वभाविक रुपमा लिनु पर्दछ । यथार्थमा भन्नु पर्दा सामाजिक संगठन नै हो, त्यसै अनुसार परिचालन गरिएको छ । सामाजिक संगठन भन्नुको अर्थ यसमा प्रवेश गरेको नेपालीहरुले राजनीतिक गर्नु हुादैन भन्ने पनि होइन । आफ्नो अधिकार पाउनका लागि आवाज उठाउादा राजनीतिक जस्तै लाग्नु पनि स्वभाविक हो । हामीले प्रवासी नेपालीहरुका लागि हक अधिकार पाउनु पर्छ भन्दछौं, हक अधिकार पाउनका लागि गरिने संघर्ष पनि एक प्रकारको राजनीतिक नै हो । कुनै पनि सामाजिक संगठनको आफ्नो तीति तथा कार्यक्रमहरु हुन्छन्, त्यसका लागि उसको विधान तथा घोषणा पत्र हुन्छ । त्यसैको आधारमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउने गरिन्छ । त्यो पनि एउटा राजनीतिक नै हो । जब जम्मु कश्मीरदेखि कन्यकुमारी सम्म र बंगालको खाडि देखि गुजरातसम्म छरिएर रहेका नेपालीहरुलाई १९५०को संधीले दिएको अधिकार बारे ज्ञान दिनु पर्ने हुन्छ त्यो पनि एक प्रकारले राजनीतिक नै हो तर हामीले राजनीतिक पार्टीहरुले जस्तै राज्यसत्ता स्थापनाका लागि सोझै आक्रमणमा उत्रदैंनौं, त्यसकारणले पनि हाम्रो संगठन सामाजिक संगठन हो ।

त्यसो भए, स्थापना कालदेखि हालसम्म के के सामाजिक काम गर्नु भयो त ?

– यो संगठनले आफ्नो स्थापना कालदेखि नै निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । भारतभरि छरिएर रहेका नेपालीहरुका लागि उनीहरुको अधिकार के हो र हामी भारतमा आउनुको कारण के हो ? हाम्रो देशको आर्थिक अवस्था कम्जोर हुनुको कारण के हो ? १९५० मा नेपाल–भारत बीचमा सम्पन्न शान्ति तथा मैत्री सन्धिले देशका कैयौं युवा शक्तिहरुलाई प्रवासिएका विषय, शासक वर्गमा भएको चरम शोषणले नेपालीहरुलाई प्रवासिनु परेका विषय लगायतमा हामीले सचेतना फैलाउने काम गर्दैआएका छौं ।

प्रवासमा रात दिन श्रम गरेर पनि वेतन नदिई भगाइएका नेपालीहरुका लागि आवाज उठाइदिने तथा बोल्दीने कुनै पनि संघ संस्था थिएनन् । मालिक, मजदुरका बीचमा छलफल चलाई नेपाली मजदुरहरुको हक दिलाउने काम गर्ने संगठन थिएनन् । साथै वेखर्चि भएका नेपालीहरुका लागि दु:ख, विमार, आपत विपतमा परेकाहरुलाई सहयोग गर्ने कोही पनि थिएनन् । तर आज यी सम्पूर्ण कामको जिम्मा एकता समाजले निर्वाद रुपमा गर्दै आएको छ ।

गाडि वा कुनै सवारी साधानबाट दुर्घटना भएर मृत्यु भएका नेपालीहरुका परिवारहरुलाई मालिक वा ठेकेदारहरुबाट क्षतिपूर्ति दिलाउनेसम्मका कार्य एकता समाजले गरेको छ । कैयौं लावारिस रुपमा मृत्युवरण गरेकाहरुको आफन्तजनको खोजी गरि दाहसंस्कार समेत गर्ने कार्य एकता समाजले गर्दै आएको छ ।

वेश्यालयमा विक्रि गर्ने दाउले स्वदेशबाट दलालहरुले भारत प्रवासमा पुर्याएकाहरुलाई दलालहरुको पञ्जाबाट मुक्त गराई स्वदेश पठाउने र आफन्तहरुलाई हस्तान्तरण गर्नेसम्मको कामहरु एकता समाजले नै गर्दै आएको छ ।

भारतस्थित नेपालीहरुमाथि भएका विभिन्न सांघातिक तथा निर्मम हत्याका घटनाहरुका विरुद्ध पनि एकता समाज लगातार संघर्षरत छ । एकता समाजले अन्यायमा परेका नेपालीहरुका समास्यालाई लिएर दुबै देशका सरकारहरुको लगातार ध्यानाकर्षण गराउादै आएको छ । ज्ञापन दिने, प्रेस रिलिज जारि गर्ने, पत्रकार सम्मेलन गर्ने, न्यायिक संघर्ष होस् वा सशक्त आन्दोलन होस् दुबै माध्यामलाई लगातार उपयोग गर्दै आएको छ ।

यात्राका दौरानमा सिमाना तथा रेल स्टेशनमा असमाजिक तत्वहरुबाट हुने लुटपाटका विरुद्धमा एकता समाजले लगातार आवाज उठाउादै आएका छौं । यात्राका दौरानमा नेपालीहरु माथि हुने अभद्र व्यवहार र लुटपाटका विरुद्ध पत्रकार सम्मेलन गर्ने, जुलुस प्रदर्शन गर्ने, वोडरहरुमा आन्दोलन गर्ने, दुबै देशका सरकारहरुलाई ज्ञापन पत्र दिने लगायतका कार्यक्रमहरुले विगतको तुलनामा नेपालीहरुमाथि हुने लुटपाट कम हुादै गएको छ ।

यहाासम्मकी हामीले नेपाली भाषी भारतीय नागरिकहरुको पक्षमा समेत लगातार आवाज उठाउादै आएका छौं । दार्जिलिङको गोर्खा आन्दोलन होस् वा मेघालयबाट धपाइएकाहरुको सवालमा होस् वा भनौं एनआरसीमा नाम छुटेकाहरुको अधिकारलाई लिएर होस् हामीले नेपाल–भारत दुबै देशका सरकारहरुको ध्यानाकर्षण गराउने काम गर्दैआएका छौं ।

भारतमा नेपालीहरुमाथिको भेदभाव, दमन कायम छ, हालै पूर्वोत्तर भारतको आसामा एनआरसीबाट करिब डेढलाख नेपाली भाषीहरु बञ्चित भएको अवस्थामा तपाईहरुको भूमिका के रहेको छ ?

– भारतमा नेपालीहरु माथि भेदभाव कायम छ । भारतमा दुई थरी नेपालीहरु छन् । प्रथम, ३१ डिसेम्बर १८१६ को अंग्रेज र नेपाल सरकार बीच भएको सुगौली संधी जस्का कारण नेपालको ठूलो भू–भाग अंग्रेजको कब्जामा आयो र भू–भागमा बसोबास गर्ने नेपालीहरु पनि भू–भाग सहित अंग्रेजी हुकुमतका अधिनस्त भए । यहि असमान संधीले नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुर्‍यायो । भारतबाट १५ अगस्त १९४७ को व्रिटिस साम्राज्यको अन्त पछि भारतीय नागरिक बने । द्वितीय, ३१ जुलाई १९५० मा नेपाल भारत शान्ति तथा मैत्री संधीद्वारा प्रदत्त अधिकार अनुसार आवत जावत गर्ने नेपाली जो प्रवासी नेपाली हुन् । भारत सरकार र भारतका राज्य सरकारहरुले यी दुबै खाले नेपालीहरुलाई एउटै नजरियाले हेर्ने गर्दछन् । हालका दिनहरुमा आसाममा लागु गरिएको राष्ट्रिय नागरिक पञ्जीकरणबाट करि डेढलाख नेपाली भाषीहरु बञ्चित भएका छन् । यसरी छुट हुनुमा मुख्यत: त्यही दुबै खाले नेपालीहरुलाई एउटै नजरियाले हेर्ने दृष्टिकोणले नै काम गरेको देखिन्छ ।

यस्तै प्रकारका डोमिशलाइका कुरा छन्, १९५० को संधीले दिएको अधिकार अनुसार दुबै देशका नागरिकहरुले दुबै देशमा चल वा अचल सम्पत्ती आर्जन गर्न पाउने, विना पासपोर्ट बेरोकटोक आवत जावत गर्न पाउने, शिक्षा आर्जन गर्न पाउने, नोकरी पेशा गर्न पाउने लगायतका प्रावधान उल्लेख छ । तर नेपालीहरुलाई हालका दिनहरुमा स्थायी नोकरीमा राखिदैन । कहिं कतै राखिएता पनि डोमिशाइल वा इलिजिविटीको अभावमा निष्काशित गरिन्छ । त्यस्तै वर्तमानमा आधार कार्ड नबन्नुको समस्याले कैयौं पेन्शनर नेपालीहरु पेंशनबाट बञ्चित भएको समस्याहरु पनि छन । यस प्रकारको अवस्थामा हामी निरन्तर संघर्षरत छौं ।

एनआरसीबाट छुटेका नेपाली भाषीहरुको पक्षमा आन्दोलन नै गर्ने ? कुन कुन आधार देख्नु हुन्छ त उनीहरुले नागरिकता पाउनु पर्ने ?

– भारतको कानुनमा भारतीय नागरिक हुनका लागि दुई प्रकारले उल्लेख गरिएको छ । प्रथम कानुन बमोजिम र दोश्रो जन्मको आधारमा । कानुन बमोजिम : भारतको संविधान लागु भएको दिन सन २६ जनवरी १९५० देखि भारतमा वसोवास गर्दै आएका जसको जन्म भारतको भु–भाग भित्र भएको होस्, अथवा जसको बाबु–आमा मध्य कुनै एक जनाको जन्म भारतको भु–भाग भित्र भएको होस् । तथा संविधान लागु हुने दिनबाट ५ वर्ष पहिलेदेखि भारतमा बसोवास गर्दै आएको अवस्थामा कुनै पनि व्यक्ति स्वत: भारतीय नागरिक हुने प्रावाधान छ ।

त्यस्तै जन्मको अधारमा : जो व्यक्ति २६ जनवरी १९५० भन्दा पछि तर १ जुलाई १९८७ भन्दा पहिलेदेखि भारतमा जन्म लिएको होस्, अथवा जो व्यक्ति १ जुलाई १९८७ भन्दा पछि ३ डिसेम्बर २००४ भन्दा पहिले भारतमा जन्मीएको होस् । यस आधारमा पनि भारतीय नागरिक बन्नका लागि आधार भरहेको कानुन विदहरु बताउाछन्, तर उल्लेखि विषयहरु कानुनका ढड्डामा मात्रै सिमित छन् । तिनीहरुको कार्यान्वयनका लागि प्रवासी नेपाली हुन् वा स्थायी वसोबास गर्ने नेपाली भाषी भारतीय नगारिकहरु हुन् दुबै खाले नेपालीहरुले संगठित आन्दोलनमा अगाडि बढ्नु पर्ने आवश्यक छ ।

प्रवासी नेपालीहरुको मताधिकारको लागि पनि तपाईहरु संघर्ष भएको देखिन्थ्यो, त्यो आन्दोलन कहाा पुग्यो ?

–प्रवासी नेपालीहरुको मताधिकारको लागि हामी निरन्तर संघर्षरत छौं । हामीले उक्त मागलाई नेपाल सरकार समक्ष राख्दै आएकाछौं । एक वर्ष पहिला मात्रै सर्वोच्च अदालतले प्रवासी नेपालीहरुको मताधिकारका लागि आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशलाई हामीले सकारात्मक रुपमा लिएका छौं र नेपाल सरकार प्रति आशान्वित छौं । तर सरकारबाट सर्वोच्चको आदेश पालना गरिएन भने हामीले आन्दोलनलाई अझै सशक्त रुपमा अगाडि बढाउनेछौं ।

नेपालमा त जनवादी क्रान्ति सम्पन्न भई समाजवादी व्यवस्थाका लागि समृद्धि तर्फ अगाडि बढ्ने भन्छन्, तपाईहरु अझै पनि भारतमा एकता समाज र प्रवासी नेपालीहरुको हकहितमा नै केन्द्रीत हुनुहुन्छ ?

– नेपालमा जनवादी क्रान्ति सम्पन्न भैसक्यो भन्नेहरुबाट नै जनवादी व्यवस्था टाढिदै गइरहेको छ । जनवादी व्यवस्था मुठ्ठिभर मानिसले सुख सुविधा पाउादैमा आउने व्यवस्था होइन । यो त शोषण रहित व्यवस्था हो । कम्युनिष्ट नाम राख्दैमा जनवादी सरकार र समाजवादी राज्य व्यवस्थाका लागि समृद्धि तर्फ अगाडि बढिहालिन्छ भन्ने सोंच नै गलत हो । त्यसका लागि कम्यूनिष्ट पार्टीको आफ्ना न्यूनतम् सर्तहरु हुन्छन् । आफ्ना नीति तथा कार्यक्रमहरुलाई कसरी कार्यान्वय गर्ने भन्ने योजनाहरु हुन्छन् । अमर बहादुर राख्दैमा कहिल्यै नमर्ने हुन्छ र ? जहाासम्म हामीले भारतमा एकता समाज र प्रवासी नेपालीहरुको हकहितका लागि केन्द्रीत भएका छौं, त्यसका पछाडि पनि ठूलो र महत्वपूर्ण पक्षहरु छन् । जबसम्म देशमै युवाहरुलाई रोजगारको व्यवस्था हुादैन, जबसम्म नेपाली जनता आत्मनिर्भर हुादैनन् । त्यतिवेलासम्म नेपाली श्रमजिवीहरुले श्रम वेच्न कै लागि भए पनि देश छाडेर प्रदेशीनु पर्ने वाध्यता रहन्छ । जब देश छाडेर प्रदेशीनेहरुको समस्या कायम रहन्छ तबसम्म एकता समाजले आफ्नो संगठित कार्यक्रम निरन्तर रुपमा अगाडि बढाइरहनेछ ।

नयाा परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?

–यो युग विज्ञान तथा प्रविधिको युग हो । शोषणका रुपमा, अन्याय अत्याचारका रुपहरु पनि फेरिएका छन् । पूाजिवादले हामीलाई सिधा प्रकारले नभएर प्रविधि नै युपयोग गरेर हामीमाथि अधिपत्य जमाउने कोशिस गर्दै आएको छ । यो नयाा परिस्थितिमा हामीले पनि प्रविधिलाई आफ्नो पक्षमा उपयोग गर्नु पर्ने आवश्यक छ । प्रविधिलाई उपयोग गर्ने नाममा तथानाम अनुशासन उल्लंघ गरे भने कदापी होइन । त्यसैले संगठनलाई अगाडि बढाउने उदेश्यका साथ हामीले सानो पहल शुरु गरेका छौं, जसमा: आफ्नो पत्रिकालाई अनलाईन संस्करणमा परिवर्तन गरेका छौं । हिंजो मात्रै हाम्रो संगठनको ४० औं स्थापना दिवसको अवसरमा हामीले बेवसाइटको साथसाथै मोबाइल अप्लिकेशनको समेत सार्वजनिक गरेका छौं । अब हामीले हाम्रो संगठनको गतिविधिहरुलाई हरेका कार्यकर्ताहरु माझ छिट्टै पुर्याउने उदेश्यले नै आफ्नो मोबाइल अप्लिकेशन बनाएका हौं । पत्रिकाको प्रिंट संस्करण नेपाली समाचार साप्ताहिकको ग्राहक अभियानमा लाग्ने हाम्रो कार्यक्रम निश्चित भएको छ । प्रकाशनको व्यवस्थापनको लागि प्रकाशन भेला गर्ने कार्यक्रम छ । क्षेत्र, राज्य समिति, नगर, एरिया तथा टोलहरुसम्मको बैठक भेलाहरु सम्पन्न गर्ने कार्यक्रम छ । प्रशिक्षण, छलफल, सदस्यता वितरण, नविनीकरण, व्यापक संगठन विस्तार र व्यवस्थित संगठन निर्माण भइसके पछि हामी आठौं राष्ट्रिय सम्मेलनमा जानेछौं ।

अन्तमा केही छुट्यो कि ?

हाम्रो संगठनले गौरवपूर्ण ४ दशक पार गरेका छौं, यो अवसरमा हामीले ५ दशक तर्फ आफ्नो पाइलोलाई अगाडि बढाउादै छौं । यो ४ दशकले हामीलाई कैयौं महत्वपूर्ण कार्यभार सुम्पेको छ, त्यसलाई पुरा गर्नु हामी सबैको जिम्मेवारी हो । हाम्रो सशक्त स्प्रीटका साथ अगाडि बढ्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *