घुम्टो भित्रको देशभक्त

रवि शर्मा, पाण्डेचेरी

हिउँदमा सुकेका रुखका पालुवाहरु
पनि पलाउन थाल्दछन बर्खामा
रास्ट्र जोगाउने अभियानमा लागेकाहरु
सलवलाउँछन् अखण्डतामा लागेकाहरु

सिमा मिचियो भन्न नसक्नेहरु पनि
आज झण्डा ब्यानर लिएर हिड्दैछन्
नदिनाला खानेहरु पनि सिमाको रक्षक बन्दैछन्
साहेद सत्ता र भत्ताको रस स्वादनको वार्गेनिङ गर्दैछन्

नाकाबन्दीको बिरोध नगर्नेहरु पनि
खाँटी जनताका सेवक बन्ने कोशिस गर्दैछन्
गंगे पिल्लर सारिएको नारामा ठाहाका लगाउनेहरु
आज राष्ट्रियताका लागि गोहिको आँशु झार्दैछन्

कालापानी, लिपुलेख र लिम्पियाधुरा हाम्रो हो
भन्न नसक्नेहरु पनि चुनावी दाउपेजको खेलमा छन्
खोक्रा रास्ट्रबादीहरु खाँटी राष्ट्रवादी बन्ने चाहना
राष्ट्रियता–राष्ट्रियता जप्दै पुत्ला दहनमा लागेका छन्

दुश्मन र बैरी चिन्न नसक्नेहरु पनि
आफ्नै घरमा तुल लगाउन सक्रिय छन्
बिदेशयका युवाहरुको माग नसुन्नेहरु पनि
यहाँ सच्च देशभक्तको घुम्टो ओढि आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार