घोराही १६ मा राजमोको वडा समिति गठन

दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा समिति गठन भएको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष पहल र उपस्थितिमा वडा समिति गठन भएको हो ।

समितिमा अध्यक्ष लेखराज राई उपाध्यक्ष नारायण पन्थी, सचिब दोर्ण बहादुर चौधरी, सहसचिब जोरप्रसाद बुढा, कोषाध्यक्ष धनिधर चौधरी, सदस्यहरुमा जीवन राई, शान्ती चौधरी, झन कुमार राई, रामकुमार चौधरी, ललुमाया राई, राजन पौडेल, रजिन कुमार राई, राजकुमार चौधरी रहनु भएको छ ।

लकडाउनको अबस्था र कोरोना भाइरसको सन्त्रास भैरहेको बेलामा भौतिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउँदै समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार