चंडिगढमा अलपत्र परिन सुमीता राना घर्तीमगर

खिमराज चालिसे,
चंडिगढ, २४ जुन । दाङ्ग जिल्ला, शान्तीनगर गाउँपालीका वार्ड नम्वर ५, धनौरी (कासीपुर) निबासी मोहनलाल घर्तीमगरको श्रीमती सुमीता राना घर्तीमगरले आफुलाई चंडिगढमा अलपत्र परेर श्रीमान मोहनलाल घर्तीमगर भागेको र खोजीतलासी गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डिगढलाई निवेदन दिई आग्रह गरेकी छिन् ।

उनले दिएको निवेदनमा श्रीमान मोहनलाल घर्तीमगरसँग विगत ३ बर्षदेखि सम्बन्धमा आएको खटासको कारण उनी श्रीमान भेटन आफ्नो जागिरबाट एकमहिनाको विदा लिई प्रत्येक वर्ष भारतमा आउने गरेकी सुमीता यसपटक भने आफुलाई कोठा मै एक्लै छोडेर भागेका श्रीमान छन् । उनी भागेको खबर स्थानीय पूलीस थानामा रिपोर्ट गर्न जाँदा पनि थानाले रिपोर्ट दर्ज नगरेपछि उनी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढमा आएकी हुन् । श्रीमानले अर्कै महिलालाई गेर हिडेको हुनसक्ने शंका गरेकी सुमीतालाई खान बस्न समेतको समस्या भएको वताउँछिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार