चंडिगढमा मूल प्रवाहको सिटी एरिया भेला सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

622 जनाले पढ्नु भयो ।

चंडिगढ, २१ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको चंडिगढ नगर समितिले कार्यक्रताहरुलाई देशको वर्तमान अवश्था तथा भारतमा रहेका नेपालीहरुको समसामयिक समस्या सहित विभिन्न भ्रमहरु चिर्दै सशक्त संगठन निर्माण अभियानको निरन्तरता स्वरुप सिटि एरियाको भेला सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले करतार ध्वनीमा व्यानर खोलेर उदघाटन गर्नुभएको सो भेलाले दुर्गा विकको अध्यक्षतामा ११ पुर्ण २ बैकल्पिक र ४ सल्लाहकार गरि १७ सदस्यिय एरिया संगठन समिति निर्माण गरेको छ । जस्माः सचिव– अर्जुन विक, कोषाध्यक्ष– प्रेम गुरुङ, सदस्यहरुमाः किसन पाण्डे, राजेन्द्र एम.सी., दान बहादुर जि.सी., मधु सुवेदी, विष्णु गिरी, श्याम गिरी, पुरन थापा ‘बि’, प्रितम खडका बैकल्पिक सदस्यहरुमाः गंगाराम बेल्वासे, निमानन्द आचार्य र सल्लाहकारहरुमाः थमन थापा, हेम बहादुर कनौजिया, गोपाल नेपाली र काशीराम डांगी रहनु भएको छ ।

भेलाद्धारा नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसेले गर्नुभएको थियो भने शुभकामना दिने अन्य वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयाल, महिला क्षेत्रिय विभागकी सचिव जुना चालिसे, विध्यार्थी केन्द्रीय सदस्य बिष्णु बैल्बासे, नगर मान बहादुर केसी, जनजाति विभागका थमन थापा, नगर सचिव तेज बहादुर रोका, इन्डस्ट्रीयल एरियाबाट थानेश्वर पाण्डे, मध्य सिटि एरियाबाट जमुना खडका, समता विभागका लिला विक, विध्यार्थी संघ नगर अध्यक्ष नारायण आचार्य, नगरका बेगम कुँवर लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम अर्जुन विकको सञ्चालनमा तथा दुर्गा विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपस्थितिम सबैलाई किसन पाण्डेले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *