चंडीगढ़मा मूलप्रवाह खेल विभागको नगर भेला

चंडीगढ़ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समिति अन्तर्गत खेल विभाग चंडीगढ़को दोश्रो भेला सम्पन्न भएको छ ।

सेक्टर २८ चंडिगढमा सम्पन्न भेलाले १५ सदस्यीय नगर खेल विभाग गठन गरेको छ । विभागको संयोजकमा पुरन थापा, सचिव अर्जुन विक, कोषाध्यक्ष शमशेर केसी र सदस्यहरुमा क्रमशः खिमराज चालिसे, दुर्गा विक, सरस्वता भुसाल, जुना चालिसे, प्रितम केसी, थानेश्वर पांडे, लालु केसी, राम पंथी, विष्णु अर्याल, लक्ष्मी अधिकारी, पुरन थापा वि र लक्ष्मण पांडे रहनुभएको छ ।

नगर समितिका अध्यक्ष मान वहादुर केसीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन नगर सचिव तेज बहादुर रोका र स्वागत पुरन थापाले गर्नुभएको थियो । भेलामा विभिन्न विषयमा व्यापक छलफल पछि विभागका सदस्यहरूको नामावली नगर सदस्य थमन थापाले प्रस्तुत गर्नुभयको थियो ।

नवनिर्वाचित समितिलाई मूलप्रवाहका केन्द्रीय सदस्य दिनेश खड़का, क्षेत्रीय सल्लाहकार एवं महिला क्षेत्रीय सचिव जुना चालिसे, नेपाली समाचार साप्ताहिकका सम्वाददाता खिमराज चालिसे, मूलप्रवाह नगरका शमशेर केसी, जनजाति विभागका थमन थापा, समता विभाग दुर्गा विक, महिला नगरकी सरस्वता भुसाल लगाएतले बधाई तथा शुभकामना दिनुभएको थियो।

वक्ताहरुले कोरोना महामारीको अवस्थामा पनि मूलप्रवाहले खेलकूदलाई निरन्तरता दिएकोमा बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार